२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

एनआरएनएद्वारा ८ बुँदे रोडम्याप सार्वजनिक, जनवरी ३०, ३१ र फेब्रुअरी १ मा १२औँ महाधिवेशन !

एनआरएनएद्वारा ८ बुँदे रोडम्याप सार्वजनिक, जनवरी ३०, ३१ र फेब्रुअरी १ मा १२औँ महाधिवेशन !

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बृहत एकता महाधिवेशनका लागि ८ बुँदे रोडम्याप सार्वजनिक गरेको छ । संघका प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्ति जारी गर्दै सबैलाई सहभागी गराउन एमआईएस प्रणालीमार्फत सदस्यता अभियानलाई थप एक महिनाका लागि खुला गर्ने उल्लेख गरेका छन् । बृहत एकताको अवधारणा बमोजिम १२औँ महाधिवेशन तथा विश्व सम्मेलन आगामी सन् २०२६ जनवरी महिनाको ३०, ३१ र फेब्रुअरी १ तारिकमा सम्पन्न गर्ने निर्णय भएको प्रवक्ता पन्तले विज्ञप्तिमा उल्लेख गरेका छन् । प्रेस विज्ञप्ति ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकबद्ध गरी मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। स्थापना कालदेखि नै संघले नेपालीहरूको हक-अधिकार संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, लगानी तथा व्यवसायि...
जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले ‘जेनजी आन्दोलन र नेपालमा डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । एनआरएनएकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा आयोजित कार्यक्रममा संघीय संसदकी उपसभामुख महिला अधिकारकर्मी, संचारकर्मी, जेनजीका प्रतिनिधिहरु, मानव अधिकारकर्मी लगायत एनआरएनएका पदाधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विशेषगरी जेनजी पुस्ताका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्नेमा समग्र एनआरएनए र विदेशमा रहेका नेपालीहरुको तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो । उहाँले अपराध, हिंसा र आन्दोलनलाई फरक दृष्टिले बुझ्नुपर्ने बताउँदै आफ्ना माग शान्तिपूर्ण रूपमा राख्नु संवैधानिक अधिकार भए पनि अपराध र हिंसामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन जर...
भारतका प्रतिष्ठित उद्योगपति अनिल अम्बानीको ७५ अर्ब सम्पत्ति जफत !

भारतका प्रतिष्ठित उद्योगपति अनिल अम्बानीको ७५ अर्ब सम्पत्ति जफत !

नेपाल । भारतको शीर्ष वित्तीय अपराध अनुसन्धान निकाय, प्रवर्तन निदेशालय (इडी) ले प्रतिष्ठित उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित विभिन्न कम्पनीबाट ८४ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी (करिब ७५ अर्ब भारतीय रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको जनाएको छ । यो कारबाही बैँक धोखाधडी र मनी लन्ड्रिङ सम्बन्धी अनुसन्धानको एक महत्त्वपूर्ण अंशका रूपमा गरिएको हो । एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीका कान्छा भाइ अनिल अम्बानी विगत दुई दशकयता आफ्नो व्यवसायिक साम्राज्यमा आएको गिरावटका कारण निरन्तर विवादमा परिरहनुभएको छ । एक समय ऊर्जादेखि दूरसञ्चार र रक्षा उद्योगसम्म फैलिएको विशाल व्यापारिक साम्राज्यका स्वामी रहनुभएका उहाँ अहिले विभिन्न आर्थिक अनियमितता सम्बन्धी अनुसन्धानको केन्द्रमा पर्नु भएको छ । इडीले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा कार्यालय परिसर, आवासीय एकाइ र करिब १३२ एकड (५३ हेक्टर) जग्गासहितक...
एनआरएनए आईसीसीको बैठक आइतबार बस्दै, महत्वपूर्ण निर्णयहरु हुने !

एनआरएनए आईसीसीको बैठक आइतबार बस्दै, महत्वपूर्ण निर्णयहरु हुने !

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ११०औं केन्द्रीय बैठक आगामी नोभेम्बर २ आइतवारका दिन बस्ने भएको छ । बैठक भर्चुअल माध्यममार्फत आयोजना हुनेछ । पछिल्लो समय एनआरएनएमा एकता र समायोजनका विषयमा तीव्र चर्चा चलिरहेका बेला बस्न लागेकाले यो बैठकलाई निकै महत्वपूर्ण र चासोको विषयका रूपमा हेरिएको छ । संघका महासचिव गौरीराज जोशीका अनुसार बैठकमा संस्थाका आन्तरिक प्रतिवेदन, संस्थागत अद्यावधिक (अपडेट) तथा आगामी कार्यक्रमका अजेण्डाहरू प्रस्तुत गरिने छ । साथै, यसअघि स्थगित गरिएको १२औं बृहत एकता महाधिवेशनको नयाँ मिति तय गर्ने विषय पनि बैठकको मुख्य एजेन्डामा हुने अपेक्षा गरिएको छ । ...
एनआरएनएद्वारा ७५ लाख ४४ हजारमा निर्मित अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

एनआरएनएद्वारा ७५ लाख ४४ हजारमा निर्मित अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मङ्गलवार आयोजित कार्यक्रममा अध्यक्ष महेशकुमार श्रेष्ठले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका हुन् । ७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ । योसँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सिसिटिभीको निगरानीमा रहने छन् । श्रेष्ठले यो परियोजना केवल संरचना हस्तान्तरण नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीकको रूपमा रहेको बताए । उनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ य...
अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयारः प्रवासी नेपाली

अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयारः प्रवासी नेपाली

  अमेरिका । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीहरुले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउदै उनीहरुले लगानीमैत्री वातावरणका लागि सरकारसँग आग्रह गरेका छन् । अमेरिकाको डालसमा आयोजित ‘व्यापार तथा लगानी सम्मेलन २०२५’ सहभागी नेपाली मूलका व्यावसायीहरुले उक्त कुरा बताएका छन् । मातृभूमिको आर्थिक समृद्धिका लागि विदेशमा कमाएको पैसा लगानी गर्न तत्पर रहेको कुरामा जोड दिँदै व्यवसायीहरुले नीतिगत सहजिकरण आवश्यक रहेको बताए । अमेरिकामा सफल व्यवसायीको पहिचान बनाउनुभएका गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले नेपालमा निर्धक्क लगानी गर्ने वातावरणका लागि सरकारी संवेदनशीलता आवश्यक रहेको बताउनुभयो । ‘‘प्रतिफल सुरक्षासहित लगानी गर्ने वातावरणका लागि लामो समयदे...
जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने

अमेरिका । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोेकियो सप्ताह’ हुन लागेको हो । जापानको टोकियोस्थित शिन्ज्युकुमा हुन लागेको उक्त सप्ताहव्यापी महायज्ञमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्ने कार्यक्रम रहेको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिनुभयो । “जापानमा नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदै आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको हो”, अध्यक्ष लामिछानेले भन्नुभयो । अध्यक्ष लामिछानेले एकिकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउ...
अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

अमेरिकामा दिपावली पर्वलाई विशेष सांस्कृतिक उत्सवको मान्यता

टेक्सस । नेपालीहरूको दोस्रो ठूलो पर्व दिपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले विशेष मान्यता प्रदान गरेको छ । फोर्ट वर्थ सिटी काउन्सिलको मङ्गलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको जनाइएको छ । सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दिपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ । बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दिपावलीलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्य समर्थन जनाएको पिपल्सले बताउनुभयो । जिल्ला नं ५ की काउन्सिल सदस्य पिपल्सले सोसम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालील...
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले जानकारी दिनुभयो । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताउनुभयो । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन”, तामाङले भन्नुभयो । ...
कोलोराडोमा आइतबार सांझ नेपाली घरमा देउसी भैलो खेलिंदै, सम्पूर्णलाई निमन्त्रणा

कोलोराडोमा आइतबार सांझ नेपाली घरमा देउसी भैलो खेलिंदै, सम्पूर्णलाई निमन्त्रणा

कोलोराडो । नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठूलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो । यस अघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदानसहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुन लागेको हो । यसैगरी नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा नेपाली घरका बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड ईभेन्ट अफिसर दिनेश कार्कीको सह–संयोजनमा अक्टोवर १९ तरिक आइतबार सांझ ५ बजेदेखि ९ बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । यो कार्यक्रमबाट संस्कृतिको जर्गेना, मनोरञ्जन र उठेको रकम नेपाली ...