२ आश्विन २०८३, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प

नेपाल । जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीले स्थानीय समय अनुसार राति ११ः१५ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरका तटीय क्षेत्रलाई विशेष सतर्क रहन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। शक्तिशाली धक्काले जापानको उत्तर र पूर्वका विस्तृत भूभागमा कम्पन महसुस गरिएको थियो। जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार जापान मौसम विज्ञान एजेन्सीले होक्काइडो, आओमोरी र इवातेमा सुनामी चेतावनी जारी गरेको छ भने मियागी र फुकुशिमा का तटीय क्षेत्रमा सुनामी परामर्श जारी छ। प्रभावित क्षेत्रका नागरिकलाई उच्च स्थानतर्फ सर्...
भारतको गोवास्थित नाइट क्लबमा ग्यास सिलिण्डर बिस्फोट, कम्तीमा २३ जनाको मृत्यु

भारतको गोवास्थित नाइट क्लबमा ग्यास सिलिण्डर बिस्फोट, कम्तीमा २३ जनाको मृत्यु

नेपाल । भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ। शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि आगो तीव्ररुपमा फैलिँदा केही व्यक्तिको जलेर र केहीको धुवाँमा निसासिएर मृत्यु भएको बताइएको छ ।...
अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक येँगा हिटीको जीर्णोद्धार

अमेरिकी दूतावासको सहयोगमा ऐतिहासिक येँगा हिटीको जीर्णोद्धार

नेपाल । अमेरिकी दूतावासको सहयोग र नेपाल सरकार, चिभा चैत्य अर्गनाइजेसन तथा वर्ल्ड मोन्यूमेन्ट्स फन्डसँग साझेदारीमा काठमाडौंको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धार सम्पन्न भएको छ । सो जीर्णोद्धार कार्य “काठमाडौं उपत्यकाका हिटीः जलसम्पदा पुनर्स्थापना परियोजना” को एक महत्वपूर्ण हिस्सा हो । अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषबाट प्राप्त २ लाख ७५ हजार अमेरिकी डलरको सहयोगमा, यस परियोजनाले काठमाडौं उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी तथा सम्पदाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने, र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखेको छ । यी परम्परागत जीवन्त जलस्रोत प्रणालीहरूको जीर्णोद्धारमार्फत अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश भावी पुस्ताका लागि जोगाइरहेका छन् । नेपालमा सञ्चालन हुने A...
एनआरएनएको प्रतिनिधि मण्डल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

एनआरएनएको प्रतिनिधि मण्डल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आसन्न संघीय संसदको निर्वाचनमा सकृय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरु देशको समृद्धिको लागि जोडिन आग्रह गर्नु भयो । भेटमा गैरआवासीय नेपालीहरुले उठाउदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसंग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो । संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघका मुख्यमुद्धाहरुलाई पौडेल समक्ष ध्यानार्कषण गराएको थियो । भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताको बारेमा जानकारी दिर्दै अध्यायदेश मार्फत नागरिकतामा आएका अल्झन फुकाउन आग्रह...
बेलायतमा एक नेपालीलाई बलात्कार तथा यौन दुराचार गरेको ठहरसहित २५ वर्ष जेल सजाय

बेलायतमा एक नेपालीलाई बलात्कार तथा यौन दुराचार गरेको ठहरसहित २५ वर्ष जेल सजाय

अमेरिका । बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचार गरेका अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ। काठमाण्डौं पुर्ख्यौली घर भएका र हाल पिटरबरो निवासी ४९ वर्षीय प्रमोद ढकाललाई सात जना बालिका र एक महिलामाथि यौन दुराचार गरेको अभियोगमा सजाय सुनाइएको हो । उनीमाथि ८ वर्षीया बालिकासमेत बलात्कार गरेको आरोप थियो । अदालतका अनुसार ढकाल २५ वटा यौन अपराधमा दोषी ठहर भएका छन् । अदालतले उनलाई २५ वर्षको कैद तथा थप ८ वर्ष ‘लाइसेन्स अवधि’ (निरन्तर कानुनी निगरानी) सहितको सजाय सुनाएको हो। ढकालले विगत केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए ।...
एनआरएनएको बृहत् एकता: यस्ता छन् सहमतिका १० बुँदा

एनआरएनएको बृहत् एकता: यस्ता छन् सहमतिका १० बुँदा

प्रेस विज्ञप्ति गैरआवासीय नेपाली संघ (NRNA) को बृहत् एकताको घोषणा 'नेपालीका लागि नेपाली' भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै, उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ । हाम्रा अग्रजहरूको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश-विदेशमा बस्ने नेपालीहरूका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ। संघले ९० देशमा औपचारिक सञ्जाल विस्तार गरी विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको छ। हामी विगत चार वर्षदेखिको संक्रमणकाल अन्त्य गर्न सफल भएका छौँ यस ऐतिहासिक उपलब्धिका लागि सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । हामी सबै एकै मन, एकै भावना र साझा उद्देश्यका साथ यहाँ उपस्...
प्रधानमन्त्रीको रोहबरमा गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न

प्रधानमन्त्रीको रोहबरमा गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएन) को बृहत् एकता कार्यक्रम सम्पन्न भएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्यलाई मेटाएर संघलाई एकसुत्रिय अभियानमा लैजाने क्रममा कोशेढुँगा भएको बताउनुभयो । उहाँले भन्नुभयो, भाइ फुटे गवार लुटे भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न । त्यस्तै सूचना–सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनलाई गैर–राजनीतिक बन्न आग्रह गर्दै ‘एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम होस्’ भन्नुभयो । कार्यक्रममा अध्यक्षद्दय डा बद्री केसी र महेश श्रेष्ठले मुलुकमा फेरिएको पर...
प्रधानमन्त्री कार्कीको उपस्थितिमा ‘एनआरएनए’ मा आइतबार बृहत् एकता हुँदै

प्रधानमन्त्री कार्कीको उपस्थितिमा ‘एनआरएनए’ मा आइतबार बृहत् एकता हुँदै

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘बृहत् एकताको’ विषयबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । संघले उक्त कार्यक्रममा गरिमामय उपस्थिति जनाइदिन सबै सञ्चारकर्मीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ । पत्रकार सम्मेलन एनआरएनए सचिवालय, बालुवाटारमा दिउँसो २ बजेबाट सुरु हुनेछ । संघका अनुसार कार्यक्रममा संगठनका हालका गतिविधि, आगामी योजनाहरू तथा एकता सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिनेछ। आइतबारनै प्रधानमन्त्री सुशिला कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघका विभिन्न पक्षहरूसँग एकता गर्दै संगठनलाई मजबुत बनाउने कार्यक्रम तय भएको छ । पत्रकार सम्मेलन निमन्त्रणा सूचना गैरआवासीय नेपाली संघ (एनआरएनए) गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हालै ‘बृहत् एकता’ सम्बन्धी प्रस्ताव अनुमोदन भएसँगै विकसित नयाँ परिस्थितिका विषयमा आधिकारिक जानकारी गराउ...
हङकङमा भिषण आगलागीः मृत्यु हुनेको सङ्ख्या ९४ पुग्यो

हङकङमा भिषण आगलागीः मृत्यु हुनेको सङ्ख्या ९४ पुग्यो

अमेरिका । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ । शुक्रबार बिहानसम्ममा आगलागीमा परी ९४ जनाको मृत्यु भएको छ भने उद्धारकर्ताहरूले सयौं बेपत्ता व्यक्तिहरुको खोजी गरिरहेका छन् । बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरबाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।...
एनआरएनए एक हुँदै: एनआरएन नागरिकता कार्यान्वयनका चुनौतीबारेको छलफलमा सबै सहभागी

एनआरएनए एक हुँदै: एनआरएन नागरिकता कार्यान्वयनका चुनौतीबारेको छलफलमा सबै सहभागी

नेपाल । गैरआवासीय नेपाली (एनआरएन) नागरिकता कार्यान्वयनका क्रममा देखिएको समस्या, कानुनी अस्पष्टता र नीतिगत अन्योलताबारे शुक्रबार सिंहदरबारमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ । उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ, कानून सचिवहरु, एनआरएनएका प्रतिनिधि तथा वरिष्ठ कानूनविद्हरू सहभागी थिए । बैठकमा एनआरएन नागरिकता संविधानले नै दिएको अधिकार र नागरिकताको एउटा प्रकार मात्रै भएकोले कुनै पनि बहानामा यसको कार्यन्वयन रोक्नु नहुने तर्क प्रस्तुत गरिएको थियो । मौजुदा ऐनले गैरआवासीय नागरिकतालाई नचिन्ने भन्दै एनआरएनएका प्रतिनिधिमण्डलले हाल प्रचलनमा रहेका प्रावधानहरूमा केही कानुनी अस्पष्टता तथा प्रक्रियागत कठिनाइअध्यादेशमार्फत भएपनि संशोधन गर्न अनुरोध गरेको थियो । यस्तै सम्पति, मालपोतमा विध्यमान समस्या, अध्यागमनको विषय लगायत विविध विषयमा छलफल भएको थियो । संविधानविद् ...