अमेरिका । रूसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुस्ट भिडियोहरूमा दुर्घटनास्थलजस्तो देखिने ठाउँबाट आगो र धुवाँ उडिरहेको देखिएको छ भने पृष्ठभूमिमा ठूलो आवाज सुनिन्छ ।
“प्रारम्भिक तथ्याङ्कअनुसार छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ भने एक जना घाइते भई उपचारका लागि लगिएको छ,” मन्त्रालयले थपेको छ। विमानमा कुनै पनि गोलाबारुद नभएको बताइएको छ ।
टीयू–९५ सोभियत सङ्घकालिन समयमा डिजाइन गरिएको ठूलो, आणविक क्षमता भएको बमवर्षक विमान हो । रूसले यो विमानलाई नियमित सैन्य अभ्यासहरूमा प्रायः प्रयोग गर्ने गर्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्