कोलोराडोबाट नेपालका बाढी प्रभावितका लागि संकलित सहयोगको विवरण सार्वजनिक गर्न NRNA को आग्रह
कोलोराडो ।
प्रेस विज्ञप्ति
नेपालका बाढी तथा विपद् प्रभावितहरूका लागि संकलीत तथा सहयोग प्रदान गरिएको सम्बन्धमा
मिति: ६ सेप्टेम्बर २०२६
कोलोराडो, अमेरिका
नेपालमा भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, त्यससँगै भएका पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण भएको जनधनको ठूलो क्षतिप्रति NRNA NCC Colorado Chapter गहिरो दुःख व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक समवेदना एवं ऐक्यबद्धता प्रकट गर्दछ।
नेपाल सरकार, विश्वभर रहेका नेपाली समुदाय, विभिन्न व्यक्ति, व्यवसाय तथा संघसंस्थाहरूले विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै आएका छन्। साथै, नेपाल सरकारले विपद् प्रभावितहरूका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत सहयोगको आह्वान गरेको छ।
यसै क्रममा, कोलोराडोमा रहेका विभिन्न व्यक्ति, ...








