१६ कार्तिक २०८३, सोमबार

अन्तराष्ट्रिय/प्रवास

राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन सार्वजनिक कार्यक्रममा सहभागी

राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन सार्वजनिक कार्यक्रममा सहभागी

अमेरिका । राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायतमा संयुक्तरूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । गत बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गर्नुभएको छ । राजा चाल्र्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पार्नुभएको छ । दरबारले गत सेप्टेम्बरमा उहाँहरूलाई राजपरिवारका विशेष सम्बोधन प्रयोग नगर्न र परोपकारी काम निजी नागरिकका रूपमा गर्न निर्देशन दिएको थियो । दम्पतीको लोकप्रियताले सक्रिय राजपरिवारका सदस्यसँग सञ्चार माध्यमको ध्यान र जनसमर्थनका लागि प्रतिस्पर्धा गर्न सक्ने चिन्ता दरबारका केही अधिकारीमा रहेको बताइएको छ । भ्रमणमा युवाको सीप विकास गर्ने कम्युनिटी रेकर्डिङ स्टुडियो, खाद्य सहायता केन्द्र हिम्मा र सुविधाबाट...
नेपालसहित १५ राष्ट्र संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

नेपालसहित १५ राष्ट्र संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

अमेरिका । संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मङ्गलबार गोप्य मतदानबाट चयन भएका सदस्य राष्ट्रले सन् २०२७ जनवरी १ देखि तीन वर्षे कार्यकाल सम्हाल्ने छन् । निर्वाचित राष्ट्रमध्ये अफ्रिकी समूहबाट बुरुन्डी, घाना, नाइजेरिया र जाम्बिया तथा एसिया(प्रशान्त समूहबाट जापान, जोर्डन, कुवेत र नेपाल छन् । त्यसैगरी, पूर्वी युरोपेली समूहबाट माल्दोभा र युक्रेन, ल्याटिन अमेरिका तथा क्यारिबियन समूहबाट ब्राजिल, डोमिनिकन रिपब्लिक र उरुग्वे तथा पश्चिमी युरोपेली र अन्य राष्ट्रको समूहबाट जर्मनी र आयरल्यान्ड निर्वाचित भएका छन् । यस वर्ष सबै १५ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । बुरुन्डी, घाना, जापान, कुवेत, ब्राजिल र डोमिनिकन रिपब्लिक परिषद्मा पुनः निर्वाचित भएका छन् । जेनेभामा मुख्यालय रहेको मानवअधिकार परिषद् विश्वभर मा...
भारतमा कक्रोच जनता पार्टीका प्रमुख नेता प्रहरी हिरासतमा

भारतमा कक्रोच जनता पार्टीका प्रमुख नेता प्रहरी हिरासतमा

नेपाल । भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेतालाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ । दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेँलो धातुका ...
रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका । अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ । पुरस्कार समितिका अध्यक्ष जोन हस्लरले उहाँहरुको अनुसन्धानले ऊर्जा सङ्कट वा घरपरिवारको उपभोगमा आउने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्काको सामना गर्न नीतिनिर्मातालाई थप सक्षम बनाएको बताउनुभयो । सन् १९७० को दशकमा देखिएको तेल सङ्कटका क्रममा मन्दी तथा अन्य आर्थिक उतारचढावको सामना ...
भारतमा ठूलो प्रदर्शन अघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

भारतमा ठूलो प्रदर्शन अघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

नेपाल । भारतको निर्वाचन आयोगविरुद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शनअघि शनिबार व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का प्रमुखसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ । युवाको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, प्रदर्शनमा सहभागी हुन नयाँदिल्ली पुगेका अभिजित दिपकेसहित तीन नेतालाई विमानबाट ओर्लिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो । भारतीय निर्वाचन आयोग (ईसीआई)ले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन हुन लागेका हुन् । विपक्षी दल र आलोचकले मतदाता नामावली पुनरावलोकनका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ...
कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणा सम्बन्धी खोजका लागि सन् २०२६ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो । यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । यो रकम एक जना, केही विजेताको समूह वा कुनै संस्थालाई प्रदान गरिने छ । गत वर्ष नयाँ आणविक संरचनाको विकासका लागि तीन वैज्ञानिकलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । ती संरचनाले ठूलो मात्रामा ग्यास थुन्न सक्ने भएकाले वातावरणबाट हरितगृह ग्यास सोस्ने तथा मरुभूमि जस्ता सुक्खा क्षेत्रबाट आद्र्रता प्राप्त गर्ने प्रविधिको आधार तयार भएको थियो । यस वर्षको नोबेल पुरस्कारअन्तर्गत चिकित...
एनआरएनएले सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनामा सहकार्य गर्ने

एनआरएनएले सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनामा सहकार्य गर्ने

नेपाल । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको राहत अभियानको हालसम्मको प्रगति, प्राप्त सहयोग तथा प्रभावित परिवारसम्म पुऱ्याइएको राहतबारे समीक्षा गर्दै अब दोश्रो चरणमा पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा केन्द्रित हुने निर्णय गरिएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११७ औं बैठकले राहत अभियानलाई अब क्रमशः स्वास्थ्य र शिक्षा क्षेत्रको पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो । साथै, नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका प्राथमिकता र कार्ययोजनाबारे केही हप्ताभित्र निर्णय गर्ने तथा राष्ट्रिय समन्वय परिषद् (NCC) हरूले सङ्कलन गरेको रकम अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) मार्फत पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरिएको छ। मनाङका बाढीपहिरो प्रभावितलाई भोलि राहत सामग्री वितरण गर्ने गत असो...
थाइल्यान्डमा बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु

थाइल्यान्डमा बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु

अमेरिका । थाइल्याण्डमा सेप्टेम्बर मध्यदेखि आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि अधिकारीहरूले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि बुधबारसम्म देशको माथिल्लो भेगका अधिकांश क्षेत्रमा चट्याङसहितको वर्षा, तीव्र हावा र भारी वर्षाको सम्भावना छ । विशेषगरी होचा भू–भागमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ । सप्ताहान्तमा राजधानी बैंककसहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । गत साता लगातारको मुसलधारे वर्षापछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए । हजारौँ मानिस विस्थापित भएका थिए भने जनजीवन प्रभावित भएको थियो । अहिले अधिकांश क्षेत्रमा अवस्था सुधार हुँदै गए पनि होचा क्षेत्रमा पानी जमेको छ । थप बाढीको जोखिम कम गर्न बैंककका अधिकारीहरूले मु...
मानवीय संकटमा परेका १२ देशलाई १६ करोड डलर सहयोग

मानवीय संकटमा परेका १२ देशलाई १६ करोड डलर सहयोग

अमेरिका । संयुक्त राष्ट्रसंघले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश तथा क्षेत्रमा जीवनरक्षक सहायता पुर्याउन शुक्रबार १६ करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट १५ करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको प्यालेस्टिनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको छ । त्यसैगरी, यी १२ मानवीय संकटमा रहेका अपांगता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप १ करोड डलर छुट्याइएको छ । यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने ओसीएचएले जनाएको छ । यस वर्ष सबैभन्दा गम्भीर मानवीय आवश्यकता भएका ८ करोड ७० लाख मानिससम्म सहायता पुर्याउने व्यापक प्रयास अन्तर्गत यो रकम जारी गरिएको हो । संयुक्त राष्ट्रसंघका मानवीय माम...
छोरा विजय पाण्डेको अन्तिम बिदाइमा सहभागी हुन कोलोराडोवासी नेपालीभाषी समुदायलाई बुबाआमाको अपिल

छोरा विजय पाण्डेको अन्तिम बिदाइमा सहभागी हुन कोलोराडोवासी नेपालीभाषी समुदायलाई बुबाआमाको अपिल

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । आफ्ना दिवंगत छोरा विजय पाण्डेको अन्तिम बिदाइमा सहभागी हुन कोलोराडोवासी नेपालीभाषी समुदायलाई पाण्डेका बुबाआमाले अपिल गरेका छन् । उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका आएको १८ वर्षीय छोरा विजय पाण्डेको गत अगस्ट २९ मा भएको सडक दुर्घटनामा ज्यान गुमाए पछि उनका बुबाआमा यसरी अपिल गर्न बाध्य भएका हुन् । बुढेसकालको साहरा छोराको अन्तिम बिदाइ गर्न पाण्डेका बुबा आमा नेपालबाट कोलोराडो आइपुगी सकेका छन् । आगामी अक्टोबर ४ मा श्रद्धाञ्जली तथा अन्तिम संस्कार कार्यक्रम आयोजना गरिएको हुनाले उनीहरूले नेपालीभाषी समुदायलाई सहभागीताकोलागी अपिल गरेका हुन् नेपालको स्याङ्जा जिल्ला, बिरुवा निवासी गणेशप्रसाद पाण्डे र संगीता पाण्डेका जेठा छोरा विजय करिब ८ महिनाअघि मात्र कोलोराडो आएका थिए। उनी गत अगस्ट २९ को राति काम सकेर कोठामा फर्कने क्रममा सडक दुर्घटनामा परेका थिए। अल्पायुमै भएक...