इरानमा रहेका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह
नेपाल । परराष्ट्र मन्त्रालयले इरानको वर्तमान सुरक्षा अवस्था अस्थिर बन्दै गएको भन्दै त्यहाँ रहेका तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकका लागि सावधानीसम्बन्धी सूचना जारी गरेको छ।
मन्त्रालयले आइतबार जारी गरेको सूचनामा विकसित घटनाक्रमका कारण अवस्था सहज नहुञ्जेल इरान भ्रमणको योजना स्थगित गर्न आग्रह गरिएको छ। साथै रोजगारी वा अन्य प्रयोजनका लागि इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म छिटो सुरक्षित माध्यमबाट देश छाड्न सुझाव दिइएको छ।
मन्त्रालयले इरानमै बसोबास गरिरहेका नेपालीलाई आकस्मिक अवस्थाका लागि राहदानी, परिचयपत्र तथा अन्य आवश्यक कागजात सधैँ तयारी अवस्थामा राख्न समेत अनुरोध गरेको छ । आवश्यक समन्वय तथा जानकारीका लागि दोहास्थित नेपाली दूतावास र काठमाडौँस्थित परराष्ट्र मन्त्रालयसँग सम्पर्कमा रहन आग्रह गरिएको छ ।
इरानमा गत डिसेम्बर २८ यता महँगी, बढ्दो मुद्रास्फीति र सरकारी आर्थिक नीतिक...








