नेजाको नवौं अधिवेशन शनिबार र आइतबार ‘लस भेगस’मा हुँदै, नयाँ नेतृत्व चयन हुने
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन आगामी शनिबार र आइतबार (मे १० र ११, २०२५ ) मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ । उक्त अधिवेशनले नेजामा नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी २ सय जनाको सहभागिता रहने कन्भेनर अधिकारीले बताए ।
साथै, सो अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा अमेरिका आइसक्नुभएको अधिकारीले जानकारी दिए ।
यसैगरी, नेजाको नवौं अधिवेशन प्रक्रियामा सहभागी हुन ८१ जना सदस्यले रजिस्ट्रेसन गरेको महासचिव बाबुराम दाहालले जानकारी दिए ।
अधिवेशनका क्रममा नेजाको वार्षिक प्रकाशन ‘प्रयास’को प्रकाशन गर्नुका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मान समेत वितरण ग...








