१ चैत्र २०८२, आईतवार

अन्तराष्ट्रिय/प्रवास

अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु

अमेरिका । अमेरिकाको मिसिसिपीमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। राजधानी ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वमा रहेको लेल्यान्डको मुख्य सडकमा शुक्रबार मध्यराततिर गोली चलेको हो । चार जना घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । अहिलेसम्म कुनै पनि संदिग्धलाई हिरासतमा लिइएको छैन। स्थानीय समयअनुसार शुक्रबार लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि राति आयोजना गरिएको भेलामा गोली प्रहार भएको थियो। ।...
गौतम बुद्ध विमानस्थलमा थाई एयर एसियाले पुनः उडान गर्ने

गौतम बुद्ध विमानस्थलमा थाई एयर एसियाले पुनः उडान गर्ने

नेपाल । करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ । थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाई एयर एसियालाई सातामा दुई वटा उडानका लागि अनुमति दिइसकिएको छ । “थाई एयर एसियाले असोज २६ देखि साताको दुई उडान गर्ने गरी अनुमति लिएको छ,” तिवारीले भन्नुभयो, “जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि तयारी चरणमा छन् । जजिराले तिहारपछि उडान सुरु गर्ने योजना बनाएको छ ।” गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा भैरहवाबाट चार वटा विदेशी विमान कम्पनीले अस्थायी रूपमा उडान सञ्चालन गरेका थिए । सो समयमा एक महिनासम्म सातामा २० वटासम्म उडान भइरहेका थिए तर त्यसयता नियमित उडान बन्द ...
गैरआवासीय नेपाली अभियान २३ औँ वर्षमा प्रवेश (प्रेसविज्ञप्ति/दस्ताबेज)

गैरआवासीय नेपाली अभियान २३ औँ वर्षमा प्रवेश (प्रेसविज्ञप्ति/दस्ताबेज)

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान आजबाट २२ वर्ष पूरा गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ । स्थापनाको २२ वर्षको अवधिमा ९० देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा जोड्न संघ सफल भएको छ । गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २२ औँ वर्षगाँठ मनाइरहँदा स्थापना कालदेखिका माग तथा मुद्दाहरु क्रमशः सम्बोधन हुने क्रम जारी छ । यसबीचमा सबैभन्दा ठूलो उपलब्धी अर्था...
बाढी-पहिरो प्रभावित इलाममा एनआरएनएद्वारा राहत वितरण

बाढी-पहिरो प्रभावित इलाममा एनआरएनएद्वारा राहत वितरण

नेपाल । अविरल वर्षापछि इलाम जिल्लामा आएको बाढी र पहिरोले प्रभावित भएका परिवारहरूलाई राहत वितरण गरिएको छ । गत असोज १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरोले ३९ जनाको ज्यान गएको थियो। नगरपालिकाको वडा नम्बर ६ को बालन र घोषमा राहत वितरण गरिएको हो । गैर-आवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखा र रेड हर्स फुटबल क्लबको सहकार्यमा बिहीबार, असोज २३ गते राहत वितरण गरेको हो । राहत सामग्रीमा १०० थान त्रिपाल, २०० थान ब्ल्यान्केट तथा १०० थान म्याट रहेका छन् । राहत पाएपछि प्रभावित परिवारहरूले केही सहजता महसुस भएको प्रतिक्रिया दिएका छन् । राहत वितरण कार्यक्रमको समन्वय संघको तर्फबाट कनिष्ठ अधिकृत निरोज महर्जनले गर्नुभएको थियो । यसैगरी नेपाल रेडक्रस सोसाइटीको मंगलबारे, सिधिथुम्का, शान्तिडाडा, माइपोखरी एकतप्पा, दानाबारी उपशाखामार्फत थप राहत वितरणका लागि सामगी हस्तान्तरण गरिएक...
हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक, छैन बिपिनको नाम !

हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक, छैन बिपिनको नाम !

अमेरिका । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् । अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । ...
कोलोराडोमा हुन लागेको कन्सुलर सेवा क्याम्पको सम्पूर्ण तयारी पूरा

कोलोराडोमा हुन लागेको कन्सुलर सेवा क्याम्पको सम्पूर्ण तयारी पूरा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १० देखी आयोजना हुन लागेको राहदानी सेवा शिविरको सम्पूर्ण तयारी पूरा भएको छ । हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन र नेपाली घरको अगुवाइमा आगामी यही अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालन हुन लागेको हो । सेवा शिविरमा सेवालिन चाहनु हुने सम्पूर्णका लागी वाशिङ्गटन डीसीस्थित नेपाली राजदुतावासले सेप्टेम्बर २५ मा आवेदन फारम भर्न एक सूचना जारी गरेको थियो । सोही अनुसार हालसम्म ४०० भन्दा बढी सेवाग्राहीले फारम भरी सकेका छन् भने १०० भन्दा बढिले फारम भर्न नपाएको गुनासो गरेको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले बताएका छन् । यसले सेवा शिवीरमा सेवा लिन चाहनेको संख्या उच्च रहेको देखाएको छ । यस्तो परिस्थितीलाई मध्य नजर गर्दै सेवा शिविरलाई ब्यवस्थित रूपमा संचालन गर्न...
एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध बनाउने पहल, ३ सदस्यीय समिति गठन

एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध बनाउने पहल, ३ सदस्यीय समिति गठन

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले ३ सदस्यीय एकता समिति गठन गरेको छ । एनसीसीका अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा जूम मार्फत २२ सेप्टेम्बरमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष प्रेम तामाङ संयोजक र उपाध्यक्ष दीपक सापकोटा र प्रवक्ता द्रोण गौतम सदस्य रहेको एकता समित गठन गर्ने निर्णय गरेको हो । केही कारणवश विभिन्न समूहमा विभाजित एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध गराउने उद्देश्यले उक्त समित गठन गर्ने निर्णय भएको महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।  ...
मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमण, ४ जनाको मृत्यु

मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमण, ४ जनाको मृत्यु

अमेरिका । अमेरिकाको मिशिगन राज्यस्थित एक चर्चमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । ग्रान्ड ब्ल्याक सहरस्थित जिसस क्राइस्ट अफ लेटर डे सान्ट्स चर्चमा गाडीमा प्रवेश गरेको बन्दुकधारीले गोली प्रहार गरी ४ जनाको हत्या गरेको र चर्चमा आगजनी गरेको प्रहरीले जनाएको छ । आइतबार बिहानको प्रार्थनाका क्रममा ४० वर्षीय थोमस ज्याकब स्यानफोर्ड नामक बन्दुकधारीले स्वचालित राइफलबाट गोली चलाएको र आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको एजेन्सीहरुले जनाएका छन् । आगलागीले चर्चलाई ठूलो क्षति पुगेको र केही मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ । घटनाको कारण खुल्न सकेको छैन। हत्या र आगजनीपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि अमेरिकाको नर्थ क्यारोलियना राज्यस्थित साउथपोर्ट सहरमा बन्दुकधारीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको थियो । त्यसको केही घण्टामै मिशिगनमा गोलीकाण्ड ...
एनआरएनएद्वारा उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरको सहयोग

एनआरएनएद्वारा उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरको सहयोग

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी परिसर काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणको लागि सो सहयोग गरिएको हो । उपत्यका प्रहरी परिसर शुक्रबार एक कार्यक्रमको आयोजना गरि गरिएको सहयोगअन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल तथा १५ वटा स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो। कार्यक्रममा एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाल, निवर्तमान अध्यक्ष तथा हाल आईसीसी सदस्य निर्मल शर्मा चौलागाई, उपाध्यक्ष प्रदीप नेपाल, सुरज व्याञ्जू, महासचिव सुरज न्यौपाने, सचिव कमल सापकोटा, सदस्य रोजेन माकजु, पञ्जीकृत सदस्य प्रियस खरेल र अंकित खतिवडा लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।...
एनआरएनए टोलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटघाट

एनआरएनए टोलीको सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटघाट

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएका जगदीश खरेललाई बधाई ज्ञापन गर्नुभएको छ । सो अवसरमा संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न संघको तर्फबाट अध्यक्ष डा. केसीले अनुरोध गर्नुभयो । त्यस्तै, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने संघको धारणा रहेको अध्यक्ष डा। केसीले बताउनुभयो । संघले ऐतिहासिक जेन–जी आन्दोलनपश्चात गठन भएको अन्तरिम सरकार सफल हुनेमा विश्वभरका गैरआवासीय नेपालीहरूलाई विश्वास रहेको उल्लेख गर्दै, मातृभूमिको समृद्धिका लागि...