२९ भाद्र २०८२, आईतवार

स्वास्थ्य

पौडेलद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

पौडेलद्वारा घाइतेको उपचारमा ध्यान दिन आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उहाँले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिनुभएको थियो । जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्नसक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभएको थियो ।...
पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट अस्पतालमा

पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट अस्पतालमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । उहाँले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भन्नुभयो, “तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।” सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो भने घाइतेहर...
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो । व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने भएपछि खोपको म्याद सकिने थालेको बताउनुभयो । उहाँले खोपको म्याद सकिन थालेकाले अब प्रयोग गर्न नसकिने बताउनुभयो । “अहिले कोरोना भाइरसको महामारी पनि छैन । खोपको म्याद पनि सकिन थालेको छ । त्यसैले अव हामी प्...
‘समयमै अस्पताल ल्याउन सकेको भए धेरै जना बँच्थे’

‘समयमै अस्पताल ल्याउन सकेको भए धेरै जना बँच्थे’

नलगाड (जाजरकोट) । शुक्रबार राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पको झट्काले नलगाड नगरपालिका–४, औंलमा गोविन्द मल्लको घर भत्कायो । घरभित्र मल्ल, पत्नी सरिता साह, उनकी एक वर्षीय छोरा र ३ वर्षीया छोरी थिए । ‘एकै झट्कामा घर भत्कियो, दुवै पर्खालले छोरा र छोरीलाई किच्यो’, आफन्त समेत रहेका नलगाड, दल्लीका डिल्लीबहादुर रावल भन्छन्, ‘दुवै पर्खालले किच्दा पनि आमाले एक वर्षका छोरालाई च्यापेर जोगाइछन् ।’ ...