७ जेष्ठ २०८१, सोमबार

बंगलादेशमा यो वर्ष एचआईभी/ एड्सबाट २६६ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , December 29th, 2023

एजेन्सी । बंगलादेशमा सन् २०२३ मा एचआईभी/ एड्स सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ।

बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यो वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ।

यो वर्ष संक्रमितमध्ये एक हजार ११८ बंगलादेशी नागरिक र बाँकी १५८ जना म्यानमारका रोहिंग्या बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेकाहरू रहेको बताएको बताइएको छ।

सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु र ९४७ संक्रमित पहिचान भएको थियो ।

बंगलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । हालसम्म १० हजार ९८४ सङ्क्रमितको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्