७ जेष्ठ २०८१, सोमबार

दुईवटा पाठेघर भएकी अमेरिकाकी महिलाले जुम्ल्याहा छोरी जन्माइन्

कोलोराडोखबर संवाददाता , December 24th, 2023

एजेन्सी । अमेरिकाको अलाबामाकी दुईवटा पाठेघर भएकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । ​

केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी लेखेकी छन्, “हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।”​

रोक्सी लैला नामकी जेठी छोरीको जन्म गत मङगलवार भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान भएको हो।

आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्