२० चैत्र २०८२, शुक्रबार

मनोरन्जन

नेपालका चर्चित हास्य कलाकारको टोली अमेरिकामा

नेपालका चर्चित हास्य कलाकारको टोली अमेरिकामा

अमेरिका । नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका आईपुगेको छ । फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भाग २ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका आईपुगेका हुन् । हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणी पौडेल, सुमन कोईराला ,सुमन कार्की,मेक्सम गौडेल र कैशाल कार्की अमेरिका आएका हुन् । उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती मार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए । सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाईएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए । फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाईएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्...
चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक

नेपाल । सुदिप्ताको डेब्यु निर्देशन रहेको चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक सुदिप्ताले चलचित्रलाई मायाप्रेमको कथाभन्दा पनि प्रेम–विछोडको कथाका रूपमा दर्शकमाझ पस्कन खोजेको बताउनुभयो । माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा रमिता अर्थात् आना शर्मा देखिनुभएको छ । साथै यसै चलचित्रमार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दै हुनुहन्छ । सेरो फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीलगायतको अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता चलचित्रमा आरपी प्रोडक्सन एसोसिएट निर्माताका रूपमा छ । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत छ ।...
चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सम्पन्न

चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सम्पन्न

नेपाल । माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङबाट छायाङ्कन सुरु भएको चलचित्रको ३३ दिन लगाएर ‘इन्डक्लाप’ गरिएको हो । चलचित्र कास्कीको ताङतिङ, पोखरा, चितवनलगायतका ठाउँमा छायाङ्कन गरिएको छ । निर्देशक गुरुङले केही दिनमै पोस्ट प्रोडक्सनमा जाने र चलचित्रको प्रदर्शन मिति प्राविधिक काम सकेर अलिकति पछाडि घोषणा गर्ने जनाउनुभयो । “चलचित्र मेहनत गरेर बनाएका छौँ । प्रदर्शनका लागि अहिले नै आत्तिदैनौँ । सम्पूर्ण काम सकेर बल्ल मिति तय गर्ने छौँ,” उहाँले भन्नुभयो । गुरुङले दर्शकका लागि सुन्दर र गुणस्तरको फिल्म बनाएको बताउनुभयो । चलचित्रको पृष्ठभूमि भूपू लाउरेको कथा भए पनि एउटा लोभी पात्रमा आएको परिवर्तनले कसरी दानी बन्छ भन्ने मूल कुरा फिल्ममा देखाइने निर्देशक गुरुङले जानकारी दिनुभयो । चलचित्रमा दयाहाङ राई, सुनील थापा, पशुपति राई, ...
नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसव हुँदै

नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसव हुँदै

नेपाल । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेसनल चलचित्र महोसवको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ देखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन हुने छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवर्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ । यस वर्ष महोत्सवमा ७५ भन्दा बढी देशबाट सात सय चलचित्र प्राप्त भएका थिए । तिनबाट चयन भएका चलचित्र प्रदर्शन गर्न लागिएको हो ।...
सन्जु भट्ट मिसेस वर्ल्ड-२०२६ मा सहभागिता अमेरिकाको लस भेगास प्रस्थान

सन्जु भट्ट मिसेस वर्ल्ड-२०२६ मा सहभागिता अमेरिकाको लस भेगास प्रस्थान

नेपाल । मिसेस नेपाल इन्टरनेसनल–२०२५ सन्जु भट्ट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड–२०२६ मा सहभागिता जनाउन बिहीबार संयुक्त राज्य अमेरिकाको लस भेगासतर्फ प्रस्थान गर्नुभएको छ । सन्जु रिबन इन्टरटेनमेन्टद्वारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल–२०२५ बन्नुभएको थियो । मिसेस वर्ल्ड–२०२६ प्रतियोगिता आगामी जनवरी २२ देखि ३० तारिखसम्म लस भेगास, अमेरिकामा आयोजना हुँदै छ । नेपालबाट अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न लागेकी भट्टलाई रिबन इन्टरटेनमेन्ट प्रालिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानका साथ बिदाइ गरेको छ । बिदाइ समारोहमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर एवं निर्देशक अश्विनीकान्त झाले बिदाइ गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा अध्यक्ष झाले भट्टको अनुशासन, समर...
‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु

‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु

नेपाल । काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण व्रिmयसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव सुरु भएको हो । बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको महोत्सव आगामी ५ गतेसम्म चल्ने छ । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिने छ । महोत्सवमा १० जना विदेशी चलचित्रकर्मीको सहभागिता रहेको छ । बोर्डका अध्यक्ष डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित...
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन

नेपाल । इन्डियन आइडल विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । आइतबार दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । दिल्लीको आफ्नै अपार्टमेन्टमा हृदयघातबाट उनको निधन भएको हो । ४३ वर्षीया इन्डियन आइडल विजेतासमेत रहेका तामाङ नेपाली फिल्ममा गायनसँगै अभिनयमा पनि सक्रिय थिए । उनका ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ चर्चित गीतहरू छन् । उनको सोमबार दार्जिलिङमा सम्मानसहित अन्त्येष्टी गरिएको छ । उनको श्रीमती र १ छोरी छिन् ।...
अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमद्वारा ‘पेट्रोल पम्प’ निर्माणको घोषणा

अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमद्वारा ‘पेट्रोल पम्प’ निर्माणको घोषणा

नेपाल । अभिनेतृ केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो । चलचित्र ‘बोक्सीको घर’ प्रदर्शनको समयमा हामीले समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भन्नुभयो, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।” चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नुहुने छ । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणकै नै रहने छ । चलचित्रको निर्माता भने केकी अधिकारी हुनुहुने छ । सोसल ड्रामा चलचित्र विसं २०८३ मा प्रदर्शन हुने छ । चलचित्रमा को को कलाकार रहने छन् भन्ने हामी केही समयमा विस्तृत जानकारी दिने केकीले बताउनुभयो । प्राविधिक पनि को को हुनुहुने छ हामी बिस्तारै जानकारी दिँदै जाने छौँ,” केकीले भन्नुभयो ।...
तेज विनोदको ‘क्या राम्री हौ’ टिकटकमा भाइरल

तेज विनोदको ‘क्या राम्री हौ’ टिकटकमा भाइरल

अमेरिका । एनआरएन अभियन्ता तेज विनोदको नयाँ गीत “क्या राम्री हौ” अहिले टिकटक, फेसबुक लगायतका सामाजिक सन्जालमा चर्चामा छ । एक साता पहिले युट्युव मार्फत रिलिज भएको गीतमा टिकटकमा मात्रै २० हजार भन्दा बढी भिडियो बनेका छन् । लोक दोहोरी लयमा बनेको डान्सिङ प्याटर्नको गीत विशेष गरि युवा पुस्ताले बढी रुचाएका छन् । तेज विनोदको शब्द रहेको गीतमा चर्चित सर्जक शिब हमालको संगित रहेको छ भने युवा पुस्तामा चर्चित गायक डिप्लभ खाती र दीपिका बयम्बुले आवाज दिएका छन् । राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोमा सागर लम्साल बले, तेज विनोद, सुनिसा बजगाईँ, जानभी बस्नेर र ल्याङ्ग्री दादाको अभिनय रहेको छ । अमेरिकालाई कर्मथलो बनाएर बिगत एक दशक भन्दा बढी समय सफ्टवेर इन्जिनियरको रुपमा कार्यरत विनोदको यस अघि पनि “चर्को नबोल” शीर्षकको पञ्चे बाजाको गीत बजारमा आएको थियो । तेज विनोदका गीतहरु हाम्रो ट्युब नामक युट्युब च्...
सर्वनाम थिएटरमा गजलकार नारायण नेपालले प्रस्तुति

सर्वनाम थिएटरमा गजलकार नारायण नेपालले प्रस्तुति

नेपाल । गजलकार नारायण नेपालले गजलको प्रस्तुति दिनुभएको छ । सर्वनाम थिएटरमा नेपालका पाँच वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने पाँच वटा नेपाल स्वयम्ले तरन्नुममा वाचन गर्नुभएको थियो । नेपालका तीन गजलमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको सङ्गीत थियो, जसमा दुई गजलमा श्रेष्ठ स्वयम्ले स्वर दिनुभएको थियो । एउटा गजलमा गायिका जलजला परियारको आवाज रहेको थियो । यसै गरी दुई गजलमा नेपाल स्वयम्को धुनमा गायक तथा सङ्गीतकार भूपू पाण्डेले स्वर दिनुभएको थियो । सो प्रस्तुतिमा वाद्यवादन तवलामा शम्भु श्रेष्ठ र भ्वाइलिनमा यतिराज अधिकारी हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले ‘नेपाली गजल गायनको स्पर्ण दशक, विसं २०८०–९०’ सन्तोष श्रेष्ठ र आफूले दुई वर्षअघि घोषणा गरेको र यसबिचमा दर्जनजति प्रत्यक्ष गजल गायनका कार्यक्रम देशभर सम्पन्न भइसकेका जानकारी दिनुभयो । सो क...