७ जेष्ठ २०८१, सोमबार

मनोरन्जन

अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा ४० देशका ८८ फिचर, लघुफिल्म तथा वृत्तचित्र प्रदर्शन

अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) मा ४० देशका ८८ फिचर, लघुफिल्म तथा वृत्तचित्र प्रदर्शन

नेपाल । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा अभिनेता विपिन कार्की र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट घोषित भएका छन् । सोमबार महोत्सवको समापन समारोहमा विपिनले फिल्म ‘एक भागवत एक गीता’बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने फिल्म ‘बुलाकी’बाट सुरक्षाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । उत्कृष्ट फिल्म पनि ‘बुलाकी’ बन्न सफल भएको छ । यही फिल्मबाट लक्ष्मण सुनारले उत्कृष्ट निर्देशकको अवार्ड पनि प्राप्त गरे । झरना थापा निर्देशित फिल्म ‘एक भागवत एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले उत्कृष्ट सिनेमेटोग्राफीको अवार्ड जिते भने फिचर फिल्मतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे । फिचर फिल्मतर्फ अडियन्स च्वाइस अवार्ड ‘पखेटा’ले प्राप्त गर्‍यो । त्यस्तै, भारतको ‘वाइल्ड स्वान’ले गौतम बुद्ध फिचर फिल्म अवार्ड, पोर्चुगलको ‘लभ लाइट’ले अन्तर्राष्ट्रिय डकुमे...
काठमाडौंमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु

काठमाडौंमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु

नेपाल । काठमाडौंडमा बिहीबारदेखि नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु भएको छ। सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीवार सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन गर्नु भएको हो । महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदै छन् । चैत ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमासम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुने आयोजक जनाएका छन् ।...
अभिनेता सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’

अभिनेता सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’

नेपाल । अघिल्लो वर्षको मंसिरमा लगनगाँठो कसेका अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । उनीहरु आगामी बैशाखमा आमा–बुबा बन्दैछन् । चिकित्सकले बैशाख २७ गतेको डेलिभरी डेट दिएका छन् । यसैबीच सलोन र करिश्माको जोडीले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । बुधबार दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा सेअर गरेको तस्वीरमा उनीहरु रोमान्टिक र हर्षित भावमा देखिएका छन् । करिश्मा पेशाले एयर होस्टेस हुन् भने केही म्यूजिक भिडियोमा काम पनि गरेकी छन् । पहिलो सन्तानको जन्मपछि उनी आफैं फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । सहायक चरित्रमा रुचाइएका सलोन पछिल्लोपटक फिल्म ‘जय हो’मा देखिएका थिए । ...
९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

अमेरिका । ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ । यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । ‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो । अमेरिकाको लस एन्जलस सहरमा आयोजित ‌ओस्कर पुरस्कारको नामले चिनिने उक्त समारोहमा ओपनहाइमरले उत्कृष्ट चलचित्रका साथै उत्कृष्ट निर्देशक (क्रिस्टोफर नोलन) र उत्कृष्ट अभिनेता ( किलियन मर्फी)को समेत गरी सातवटा विधामा सो पुरस्कार जितेको छ । ...
कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

कोलोराडो । नेपाली नायिका रेखा थापा अमेरिकाको कोलोराडोमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम हुने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । केही समयदेखि अमेरिकाको कोलोराडोमा रहँदै आएकी चर्चित नेपाली नायिका थापाले सोही स्थानमा पहिलो सन्तान छोरीलाई पनि जन्म दिएकी छिन् । उनले निर्माण गरेको चलचित्र उपहार पनि यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । एकातिर उनी आमा बन्दै गर्दा अर्कोतिर उनी अभिनित फिल्म ‘उपहार’ प्रदर्शनमा आउँदैछ । यसर्थ फागुन महिना उनका लागि विशेष देखिएको छ । अमेरिकामा रहँदा पनि उनले आफ्नो चलचित...
भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा श्रद्धाञ्जली अर्पण

भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा श्रद्धाञ्जली अर्पण

कोलोराडो । गत फेब्रुअरी २६ तारिखका दिन दिवंगत हुनुभएका प्रख्यात नेपाली गायक भजन शिरोमणी भक्तराज आचार्यप्रति अमेरिकाको कोलोराडोमा गत शनिबार श्रद्धाञ्जली व्यक्त गरिएको छ । कोलाराडोवासी गायन क्षेत्रका नेपाली कलाकार, साहित्यकार एवं कला र संस्कृतिका अनुरागीहरु भेला भई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् । श्रद्धाञ्जली अर्पण समारोहमा गायक मनोजराज शिवाकोटी लगायत अन्य कलाकारद्वारा स्व. भक्तराजका केही प्रख्यात भजन, राष्ट्रिय गीत र आधुनिक गीतहरु गाइएको थियो । गायक एवं संगीतकार सुरेशचन्द्र प्रधान, गायक मनोज तुलाधर, तवला वादक सुरेन्द्र महर्जन, नवोदित गायक अंकित नेउपाने आदिले गायन र बाद्यवादनमा साथ दिएका थिए । कार्यक्रको शुभारमभमा साहित्यकार एवं गीतकार ज्ञानेन्द्र गदालले स्व. आचार्यको जीवनी प्रस्तुत गरेका थिए । सांगीतिक श्रद्धाञ्जलीको पहिलो प्रस्तुति स्वरुप सेक्सोफ़ोनमा ‘जहाँ छन् बुद्धका आँखा’ ग...
कलाकार खतिवडालाई कुट्ने शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति

कलाकार खतिवडालाई कुट्ने शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति

नेपाल । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी अभियन्ता बताउने शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले विहीबार कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । केही दिनअघि शर्मिला र पवनकी पत्नी सुम्निमा खालिङ पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ ।...
अमेरिकाको कोलोराडोमा शनिबार स्व. भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिने

अमेरिकाको कोलोराडोमा शनिबार स्व. भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिने

कोलोराडो । अमेरिकास्थित कोलोराडोमा मार्च २ तारिख शनिबारका दिन प्रशिद्ध गायक भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिने भएको छ । गत सोमबार देहवसान भएका भजन शिरोमणी स्व. आचार्यप्रति कोलोराडो निवासी कलाकार एवम् कलाप्रेमीहरुद्वारा श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको हो । याक एण्ड एति रेष्टुरेण्ट डेनभर कालोराडोमा दिउँसो १ बजेदेखि ३ बजेसम्म उक्त कार्यक्रम आयोजना गरिएको कोलोराडो निवासी ज्ञानेन्द्र गदालले उल्लेख गर्नु भएको छ । कार्यक्रममा गायक मनोजराजद्वारा स्व. आचार्यका प्रशिद्ध केही गीतहरु प्रस्तुत गरिने र अन्तमा सामुहिक गायनबाट श्रद्धाञ्जली अर्पण गरिने छ । वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधन ...
कलाकार ‘म्याकुरी’लाई कुटपिट गर्ने भाइरल ‘शर्मिला वाइबा’ बाह्रबिसेबाट पक्राउ

कलाकार ‘म्याकुरी’लाई कुटपिट गर्ने भाइरल ‘शर्मिला वाइबा’ बाह्रबिसेबाट पक्राउ

अमेरिका । कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा अभियन्ता बताउने शर्मिला वाइबा सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राउ परेकी छन । काठमाडौं प्रहरीको अनुरोधमा उनलाई बाह्रबिसेबाट पक्राउ गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ । केही दिनअघि शर्मिला र पवनकी पत्नी सुम्निमा खालिङ पवन बसेको घरमा गएर उनीमाथि कुटपिट गरेको आरोप छ ।...
वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधन

वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधन

नेपाल । वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको सोमबार निधन भएको छ। ८२ वर्षीय आचार्यको अपरान्ह साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ । आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ । उनका ‘हजार सपनाहरूको..., जति चोट दिन्छौं..., मुटु जलिरहेछ...’ लगायत गीत चर्चित छन् । २०४६ साल दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए । उनका दुई छोराहरु सत्यराज र स्वरुपराजले पनि ग...