२९ माघ २०८२, बिहीबार

मनोरन्जन

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले जितिन् ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

नेपाल । अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा तामाङले उपाधि जितेकी हुन् । उपाधि जितेसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ । कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे । तेस्रो सिजनको मुख्य प्रायोजकमा वात्साल्य न्याचुरल आइभीएफ थियो ।...
नेपाली कलाकारहरुले बोस्टनबासी प्रवासी नेपालीहरुलाई छमछमी नचाए (फोटो फिचरसहित)

नेपाली कलाकारहरुले बोस्टनबासी प्रवासी नेपालीहरुलाई छमछमी नचाए (फोटो फिचरसहित)

–सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । केही दिन अघि नेपालबाट अमेरिका भित्रिएका चर्चित नेपाली कलाकारहरुले बोस्टनवासी प्रवासी नेपालीहरुलाई छमछमी नचाएका छन् । पहिलो पटक अमेरिका भित्रिएका गायिकाहरु रचना रिमाल, शान्तिश्री परियार, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकालले अमेरिकाका लागि पहिलो सांगीतिक कार्यक्रम गर्दै बोस्टनवासी प्रवासी नेपालीहरुलाई छमछमी नचाएका हुन् । गत अगस्ट १० तारिख शनिबार आयोजना गरिएको उक्त कार्यक्रम फ्लाई नेपाको प्रस्तुतिमा अमेरिकाका विभिन्न सहरहरुमा हुनगइरहेको दुई महिने सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ अन्तर्गतको पहिलो हो । अमेरिकाको बोस्टन सहरका लागि नेपालका पर्यटन प्रवर्धक तथा घरजग्गा कारोबारी मिलन गुरुङले संयोजन गरेको कार्यक्रमको मुख्य उद्देश्यहरु नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने, नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने, आपसी सम्बन्ध कसिलो बनाउने र मनोरञ्ज...
अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को तयारी तीब्र

अमेरिकाको न्यूयोर्कमा आयोजना सेप्टेम्बर १५ मा हुन लागेको ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ तयारी तीब्र रुपमा भइरहेको छ । यसैक्रममा सो कार्यक्रमबारे जानकारी दिन शनिबार नेपालको राजधानी काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बागमती प्रदेशका नव–नियुक्त मन्त्री मधुकुमार श्रेष्ठको पनि उपस्थिति थियो । अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो । कार्यक्रमको सबै व्यवस्थापन त्रिवेणी इन्टरटेनमेन्ट तथा दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट नवराज केसीले गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राबिधिक संघका अध्यक्ष पुस्कार लामा, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, निर्देशन दिनेश डिसी, उज्ज्वल घिमिरे, वरिष्ठ कलाकार निर शाह, केदार घिमिरे (माग्ने बुढा)...
गायक प्रकाश तिमल्सिनाको निधन

गायक प्रकाश तिमल्सिनाको निधन

नेपाल । गायक प्रकाश तिमल्सिनाको निधन भएको छ । ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको हो । घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए । उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन् । २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए । ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए ।...
प्रवासी नेपालीहरुलाई नचाउन नेपालका चर्चित कलाकारहरु बोस्टनमा उत्रिए

प्रवासी नेपालीहरुलाई नचाउन नेपालका चर्चित कलाकारहरु बोस्टनमा उत्रिए

-सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकामा रहेका प्रवासी नेपालीहरुलाई छमछमी नचाउन नेपाली सांगीतिक क्षेत्रका चर्चित चार कलाकारहरु बोस्टन उत्रिएका छन् । बोस्टनवासी प्रवासी नेपालीहरुसंग साक्षात्कार गर्दै नाच्ने नचाउने र रम्मे रमाउने उद्देश्यका साथ उनीहरु बोस्टन उत्रिएका हुन् । बोस्टन उत्रिनेहरुमा गायिकाहरु शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकाल रहेका छन् । उनीहरु दुई महिने सांगीतिक यात्रा ‘अब नाच्छ अमेरिका’ को दौडाहाका क्रममा अगष्ट ८ तारिख बिहिबार बोस्टन आइपुगेका हुन् । उनीहरुलाई स्थानीय प्रवासीहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा प्रवासी नेपाली समुदायका विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु, कलाकारहरुलगायतको उपस्थिति रहेको थियो । सहभागीहरुले कलाकारहरुलाई स्वागत गर्दै दुई महिने अमेरिकाको सांगीतिक अभियानको सफलताक...
अमेरिकाको कोलोराडोमा टुकी इभेन्ट्सले अगस्ट १७ मा तीज विशेष दर खाने कार्यक्रम गर्ने

अमेरिकाको कोलोराडोमा टुकी इभेन्ट्सले अगस्ट १७ मा तीज विशेष दर खाने कार्यक्रम गर्ने

कोलोराडो । टुकी इभेन्ट्सले महिलाहरुको महान् पर्वको हरितालिका तीजको अवसरमा अमेरिकाको कोलोराडोमा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ । टुकी इभेन्ट्सका किरण भुसाल, शान्ति भुसाल र श्रृति पाण्डेको संयोजकत्वमा अगस्ट १७ तारिख शनिबारका दिन साँझ ५ बजेदेखि राति १२ बजेसम्म कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रम Paradise Tavern (9239 Park Meadows Dr, Lone Tree, CO 80124) मा हुनेछ । उक्त कार्यक्रममा कोलोराडो निवासी १८ वर्ष माथिका सम्पूर्ण दिदीबहिनीहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा सहभागिताको लागि ४५ डलर प्रवेश शुल्क निर्धारण गरिएको छ । उक्त अवसरमा डीजे निरोज अर्यालको प्रस्तुती रहने छ । सांगीतिक महौलमा हर्षोल्लासका साथ भोजनको समेत राम्रो प्रबन्ध रहने कार्यक्रम संयोजक श्रृति पाण्डेले बताउनु भयो । साथै कार्यक्रममा प्रमोद भण्डारीको फोटोग्राफी हुनेछ । कोलोराडोमा विगतका वर्षहरुमा समेत त...
नेपथ्यको भव्य सांगीतिक प्रस्तुतीमा झुमे कोलोराडोवासी (फोटो फिचर)

नेपथ्यको भव्य सांगीतिक प्रस्तुतीमा झुमे कोलोराडोवासी (फोटो फिचर)

कोलोराडो । अमेरिकाका सातवटा सहरहरूमा शृङ्खलाबद्ध कन्सर्ट प्रस्तुत गर्न साङ्गीतिक यात्रामा निस्केको नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय आयोजक कोसेली कोलोराडो र लाली गुराँश एशोसियशनले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठुलो नेपाली कार्यक्रम रहेको भएको प्रतिक्रिया जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउने रुपमा सम्पन्न गर्न साथ सहयोग गर्ने सबैलाई कोशेली कोलोराडाका प्रबन्ध निर्देशक बिनोद गुरुङले धन्यबाद दिए । कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । अगस्ट ३ तारिक शनिबारका दिन साँझ सात बजे कन्सर्ट सुरु भएको थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाउँला’ गीतका भिडियोसँगै कन्सर्टको सुरुवाती प्रस्तुति ‘कोशीको पानी य...
आना कोइरालाले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि

आना कोइरालाले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि

न्यूयोर्क (अमेरिका) । मिस नेपाल नर्थ अमेरिका २०२४ को उपाधि आना कोइरालाले जितेकी छिन् । अमेरिकको न्यूयोर्क शहरमा अगस्त ३ शनिवार आयोजना भएको फाइनल प्रतिष्पर्धामा १७ जना प्रतियोगीहरुलाई पछि पार्दै कोइरालाले उपाधि जितेकी हुन् । कूल १८ जनाको सहभागिता रहेको प्रतियोगितामा रुवी पौडेल फर्स्ट रनर अप र आदिश्री रेग्मी सेकेण्ड रनर अफ भए । उक्त प्रतियोगितामा क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी आना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, न्यूजर्सी ओनिका बानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, कोलोराडोकी सबिता चौलागाई, कोलोराडोकी सर्जु थापा, ...
केपी ओलीद्वारा ‘नमेटिने घाउ’ चलचित्रको आफ्नो भागको दृश्यको संवाद डबिङ

केपी ओलीद्वारा ‘नमेटिने घाउ’ चलचित्रको आफ्नो भागको दृश्यको संवाद डबिङ

नेपाल । ‘नमेटिने घाउ’ चलचित्रमा अभिनय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो भागको दृश्यको संवाद डबिङ गरेका छन् । शनिबार अनामनगरस्थित एक स्टुडियोमा प्रधानमन्त्री ओलीले स्वरांकन गरेको उनको सचिवालयले जनाएको छ । फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । यो चलचित्र अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन् ।...
आश्मा केसीले जितिन् मिस नेपाल २०२४ को उपाधि

आश्मा केसीले जितिन् मिस नेपाल २०२४ को उपाधि

नेपाल । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । गोदावरीको सनराइज हलमा शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् । मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् । २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा प्रतियोगितामा मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् । मिस नेपाल अर्थ भने सुमना केसी भइन् । द हिडन ट्रेजरको आयोजना भएको समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिती थियो । मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि फिनालेमा सहभागि थिए । फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकरसहितका ११ जना जजको रुपमा थिए ।...