नयाँ बर्ष २०८२ उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कतिक साँझ हुँदै
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयां बर्षका २०८२ को उपलक्ष्यमा कोलोराडोमा शुभकामना सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।
कोलोराडो निवासी नेपाली भाषीहरूको साझा संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना नेपाली नया वर्ष २०८२ को उपलक्ष्यमा नेपाली कला संस्कृतीको जगेर्ना गर्न तथा समाजमा सद्भाव कायम राख्न बिशेष शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
शुभकामना सांझ कार्यक्रम आगामी अप्रिल २६ तारिक शनिबारका सांझ ५ बजेदेखी राती ९ बजे सम्म वेष्टिमिनिष्टर सहरमा आयोजना हुन लागेको हो । लोकप्रिय गायक बिमल डांगीको बिशेष आतिथ्यता तथा संझना पाण्डे लगायतका स्थानीय सुपरिचित तथा चर्चित कलाकारहरुको सहभागितामा बिशेष मनोरन्जनात्मक तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरिने रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका निवर्तमान अध्यक्ष अर्जुन बगालेले बताएका छ...









