१५ कार्तिक २०८३, आईतवार

अर्थतन्त्र

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १ करोड १ लाख सहयोग

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा १ करोड १ लाख सहयोग

नेपाल । प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा रु १,०१,००,०००/- (अक्षरेपी एक करोड एक लाख मात्र) प्रदान गरिएको छ । रसुवाको भोटेकोशीमा आएको भिषण बाढीका कारण प्रभावित भएका परिवारहरूका साथै प्रभावित क्षेत्र पुनर्निर्माणका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी ब्रह्माकुमारी किरण दिदीज्यूद्वारा प्रधानमन्त्री राहत कोषमा चेक जम्मा हुने गरी माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गरिएको छ । केन्द्रले उक्त सेवा रकम जम्मा गर्नका लागि सहयोग गर्नुहुने देश विदेशका समस्त ब्रह्माकुमार–ब्रह्माकुमारी तथा आस्थावान श्रद्धालुहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।...
राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

नेपाल । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ। राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको अपिल गरेको हो। भोटेकोशी तथा त्रिशूली नदीमा गएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउन अन्तरराष्ट्रिय निकायसँग राष्ट्रसङ्घले अपिल गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिका लागि (चार महिने) योजनालाई उक्त सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ। उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनुअघि हुनसक्ने कष्ट र सरुवा रोगको जोखिम रोक्नु यसको...
नारायणगढ-मुग्लिन सडक खण्ड सोमबार बिहानदेखि आंशिक बन्द

नारायणगढ-मुग्लिन सडक खण्ड सोमबार बिहानदेखि आंशिक बन्द

नेपाल । नारायणगढ–मुग्लिन सडक खण्ड सोमबार बिहानदेखि आंशिक बन्द हुने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जारी गरेको सूचनामा छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ।’ धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा छ। सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ। तोकिएको बाहेक समयमा उक्त स्थानमा सवारी रोकेर कार्य हु...
काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय

काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय

नेपाल । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् । संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिण्डर कम छ । संघीय राजधानीमा खालि भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ । तीनै ट्रकमार्फत भरेका सिलिण्डर उपत्यका लैजानुपर्ने हुन्छ । ...
अमेरिकी टेक कम्पनी एनभिडियाद्वारा बाढी पीडितका लागि १ करोड अमेरिकी डलर सहयोग

अमेरिकी टेक कम्पनी एनभिडियाद्वारा बाढी पीडितका लागि १ करोड अमेरिकी डलर सहयोग

नेपाल । विश्व प्रसिद्ध अमेरिकी टेक कम्पनी एनभिडियाले भोटेकोशी बाढी पीडितहरुका लागि १ करोड अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि १ करोड अमेरिकी डलर (अर्थात् रु. १ अर्ब ५१ करोडभन्दा बढी) सहयोग गर्ने व्यक्ति विश्व प्रसिद्ध अमेरिकी टेक कम्पनी एनभिडिया (NVIDIA) का प्रमुख कार्यकारी अधिकृत (CEO) जेन्सन हवाङ हुन् । यस अभूतपूर्व र ऐतिहासिक सहयोगका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले एनभिडियाका सीईओ जेन्सन हवाङप्रति हार्दिक आभार व्यक्त गरेका छन् । ठूलो वैदेशिक सहयोग थपिएसँगै 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा कुल संकलित रकम रु. १० अर्बभन्दा बढी पुगेको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा

भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा

नेपाल । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । विभिन्न प्याकेजको पूर्णपाठ निम्नानुसार रहेको छ । नेपाल-चीन सीमाक्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधाहरू प्रदान गर्ने सम्वन्धमा मिति 2083।05।18 गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय : क) कर तथा महसुल छुट सम्बन्धमा भन्सार विभागले देहायका व्यवस्था मिलाउनेः १. बाढीको कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढीले बगार्इ हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीको साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुन: आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट प्रदान गर्ने। २. बाढीको का...
बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिनुभएको छ। भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। “बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ। दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,” अर्थमन्त्री डा। वाग्ले भन्नुभयो, “बरु बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला। हामी सहयोग गर्न तयार छौँ।” मुलुकको कठिन परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको पनि उहाँले बताउनुभयो। भोटेकोशी नदीमा आएको अकल्पनीय र दुःखद् बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै जलविद...
बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

बाढीग्रस्त क्षेत्रमा खर्च गर्नेगरी एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा पठाइयो

नेपाल । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले मंगलबार बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिनुभयो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नुहुन्छ। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो। अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माण लगायतमा जिल्ला विप...
सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

नेपाल । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराउनु भएको हो । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो। प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ। भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गत...
प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण

नेपाल ।चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ ९२० लाख अमेरिकी डलर० को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभयो। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद पनि हस्तान्तरण गर्नुभयो। राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताउनुभयो। नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेक...