१ आश्विन २०८३, बिहीबार

अर्थतन्त्र

नागढुङ्गा सुरुङमार्गबाट चल्न थाले गाडी

नागढुङ्गा सुरुङमार्गबाट चल्न थाले गाडी

नेपाल । सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ । मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ का रूपमा लिइएको बहुप्रतीक्षित यो सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आएको हो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका हुन् । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने र सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने बताइएको छ ।...
ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले "एक पटकको नेपाली, सधैँको नेपाली" हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। "एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ " अर्थमन्त्री वाग्लेले भन्नुभयो। प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उहाँको भनाइ छ। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताउनुभयो। "सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर...
राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अनिवार्य गर्यो राष्ट्रिय परिचयपत्र

राष्ट्र बैंकले भुक्तानी प्रणालीमा अनिवार्य गर्यो राष्ट्रिय परिचयपत्र

नेपाल । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ । त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय...
१२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे

१२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे

नेपाल । गत आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो आवभर नेपाल भित्रिएका १२ लाख नौ हजार ३५७ पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट तीन लाख ११ हजार ५३१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । उक्त सङ्ख्या कुल पर्यटक आगमनको २५।७६ प्रतिशत हुन आउँछ । गत आवमा संयुक्त राज्य अमेरिकाबाट एक लाख ११ हजार ३२५ र चीनबाट एक लाख नौ हजार ८९२ पर्यटक नेपाल आएका छन् । त्यसै गरी बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यान्मारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ र मलेसियाबाट २५ हजार ६४० पर्यटकले अघिल्लो आवभित्र नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार अघिल्लो आवमा सबैभन्दा बढी कात्तिकमा एक लाख २४ हजार ८२९ विदेशी प...
फन पार्क बनाउँदा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जना बिरुद्ध मुद्दा दर्ता

फन पार्क बनाउँदा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जना र एउटा निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एन्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री साहसहित मधेश प्रदेशको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापा, सोही नगरपालिकाका तत्कालीन उपप्रमुख लीलाकुमारी मुक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने, निर्माण कम्पनी धुलिखेल जेभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेल...
करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकलाई निर्देशन

करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकलाई निर्देशन

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकलाई निर्देशन दिनुभएको छ । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभागमातहतका कर अधिकृतलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कर सङ्कलनका क्रममा जबरजस्ती गर्ने र त्रसित बनाउने कार्य गर्न नहुने भन्दै कर अनुपालनामार्फत करदातालाई करको दरमा समेट्न आग्रह गर्नुभयो । “करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,” अर्थमन्त्रीले वाग्लेले भन्नुभयो, “मैले बजारमा सुन्न पाऊँ कि कर प्रशासनमा ठुलो सुधार भएछ, कर तिर्न बोझ छैन र कोही पनि त्रसित छैनन् ।” कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधि जस्ता समस्या आए निर्धक्क भन्न पनि उहाँले आग्रह गर्नुभयो । कर प्रशासनमा अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउनेलाई प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो । उहाँल...
गत आवमा तीन खर्ब १५ अर्बको वस्तु निर्यात

गत आवमा तीन खर्ब १५ अर्बको वस्तु निर्यात

नेपाल । नेपालको निर्यात व्यापारले पहिलो पटक तीन खर्बको आँकडा पार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२–८३ को तथ्याङ्क अनुसार कुल तीन खर्ब १५ अर्ब २९ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो आवमा कुल दुई खर्ब ७७ अर्बको निर्यात भएकोमा गत आवमा १३.८१ प्रतिशत निर्यात बढ्दा तीन खर्बको सीमा पार गरेको हो । समीक्षा अवधिमा आयात भने १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब रुपियाँ पुगेको छ । गत आवमा सबैभन्दा धेरै भटमासको तेल एक खर्ब २८ अर्बको निर्यात भएको छ । दोस्रो स्थानमा रहेको अलैँची १२ अर्ब ६४ करोडको निर्यात भएको तथ्याङ्कले देखाएको छ । १० अर्बको गलैँचा निर्यात भएको छ । त्यस्तै आठ अर्ब ९४ करोड रुपियाँ बराबरको सूर्यमुखीको बिउ तथा तेल निर्यात भएको छ । गत आवमा जुट निर्यात सात अर्ब १४ करोड पुगेको छ । २० खर्ब ९६ अर्बको आयातमा सबैभन्दा धेरै हिस्सा ओगटेको डिजेल मात्रै यस वर्ष एक खर्ब ७२...
जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढ्यो

जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढ्यो

नेपाल । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले आयोजनाहरूलाई पहिलो पटक स्पष्ट मापदण्डका आधारमा चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। असार ३२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्वको कार्यान्वयन तथा आरसीओडीको अवस्थालाई आधार मानी आयोजनालाई क, ख, ग र घ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् प्रवर्द...
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको परामर्शपछि उहाँले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क खारेज गर्ने निर्णय गर्नुभएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। लागू भएको शुल्कका सन्दर्भमा जनगुनासो बढेपछि सरकारले उक्त शुल्क हटाउनेबारे छलफल थालेको थियो। यसै सन्दर्भमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबिच लामो परामर्श भएको थियो। त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्रीले सो शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गर्नुभएको थियो। आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रिस्तरीय न...
हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध

हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध

नेपाल । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभएको थियो । वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासङ्घका प्रतिनिधिहरूले बताउनुभएको थियो । अहिलेसम्म महासङ्घले मङ्सिर २८ मा आफ्नै ढङ्गले हस्तकला दिवस मनाइरहेका अ...