१ आश्विन २०८३, बिहीबार

अर्थतन्त्र

राजस्व चुहावट गरी भ्रष्टाचार गर्ने ५ जना बिरुद्ध मुद्दा दर्ता

राजस्व चुहावट गरी भ्रष्टाचार गर्ने ५ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले तत्कालीन अध्यक्ष अहिरसमेत पाँच जना र सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटबल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले आव २०७६र७७ मा वडा नं १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको सङ्कलन तथा निकासीको बोलपत्र आह्वान गरेको र बोलपत्र भएपश्चात ठेकेदारसँग आपसी मोलमोलाई गरी सम्झौताबिना कार्यालयबाट सहीछापसहितको नगदी रसिद जारी गरी अनियमित ढङ्गले ठूलो परिमाणको राजस्व रकम हिनामिना गरेको आरोपमा आरोपपत्र दायर गरिएको जानकारी दिए। आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व ...
ग्यासको अभाव छैन, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्नूः निगम

ग्यासको अभाव छैन, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्नूः निगम

नेपाल । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। निगमका प्रवक्ताद्वारा मंगलबार जारी विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४।२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ । हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको उल्लेख गरेको छ । निगमका अनुसार १४.२ केजीका सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको सूचनामा जनाइको छ । घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यव...
इन्धनको मूल्य वृद्धिसँगै नेपालमा बढ्यो हवाई भाडा

इन्धनको मूल्य वृद्धिसँगै नेपालमा बढ्यो हवाई भाडा

नेपाल । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएसँगै आन्तरिकतर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लागु हुने फ्युल सरचार्ज संशोधन गर्दै मङ्गलबारदेखि नयाँ भाडादर लागु गरेपछि आन्तरिकतर्फको जहाज र हेलिकोप्टरको भाडा बढेको हो । वायुसेवा कम्पनीले इन्धनको शुल्क बढाउँदा यात्रुले हवाई टिकटमा भाडासँगै जोडेर यो शुल्क तिर्नुपर्ने हुन्छ । आयल निगमलाई बुझाउने इन्धनको शुल्कबापतको रकम हवाई टिकटमै जोडिने भएकाले हरेक पटक निगमले इन्धनको मूल्य समायोजन गर्दा हवाई यात्रुको टिकेटमै उक्त शुल्क बढ्ने र घट्ने गरेको छ । समायोजन भएको नयाँ भाडादर अनुसार सबैभन्दा बढी काठमाडौँ–धनगढीको हवाई भाडा बढेको छ । यो क्षेत्रको हवाई भाडा ८८० रुपियाँले बढेको छ । त्यस्तै गरी काठमाडौँबाट हुने पर्वतीय उडानमा ६८५, काठमाडौँ–भद्रपुरको ६०५ काठमाडौँ–नेपालगन्जको ६५५, काठमाडौँ–विराटनगरको...
अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ। नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राख्नुभएको हो। उहाँले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पार्नुभयो। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उहाँले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने पनि स्पष्ट पार्नुभयो। “अर्थतन्त्रको विस्तारका लागि आर्थिक राजकाजको जहाज मोडेका छौँ,” अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई भन्नुभयो, “अर्थतन्त्रको आकार ७४ खर्बको बनाउने लक्ष्य छ। ...
जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिए

जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिए

नेपाल । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशतले बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको ३२.७३ प्रतिशत हो । जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन् । त्यसैगरी, तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक आएका छन् । यस्तै, बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल आएका छन् । क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सब...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ । निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपैयाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ । ...
दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो। भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभि...
एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड

एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंकको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका पत्रकार अनुप ओझालाई एसियाली विकास बैंंक इन्स्टिच्युट डेभलपिङ एसिया जर्नलिजम अवार्ड दिइने भएको छ । एसियाली विकास बैंकसँग सम्बद्ध एडीबीआई इन्स्टिच्युटले पत्रकार ओझालाई २ हजार अमेरिकी डलर बराबरको अवार्ड दिन लागेको घोषणा गरेको छ । एआईका माध्यमबाट विपद्को पूर्व चेतावनी सूचना सम्बन्धमा एएफपीका लागि ओझाले लेखेको समाचारका लागि यो अवार्ड दिइन लागेको विज्ञप्तिमा छ । १७ देशका ७९ जनामध्येबाट पाँच जनालाई यस्तो अवार्ड प्रदान गरिन लागिएको एसियाली विकास बैंक इन्स्टिच्युटले जनाएको छ । अनुसन्धाता र पत्रकार सहभागी निर्णायक मण्डलले अवार्डको मूल्यांकन गरेको हो । ओझालाई पहिरो सम्बन्धमा पूर्व सूचना दिन वर्षा र जमिनको तथ्यांकका आधारमा युनिभर्सिटी अफ मेलर्बनका प्राध्यापक एन्टोनिएट्ले नेपाल, बेलायत तथा इटलीका सहयोगीहरुको सहायतामा नेपालमा विकास गरेको प्रणालीबारे ...
नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल

नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ। भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको Networking for Development अवधारणालाई यसपटक केवल मुद्दामुखी छलफलमा सीमित नराखी समाधानमुखी (Solution-oriented) मोडेलमा रूपान्तरण गरिएको जानकारी दिनुभयो। उहाँले विगतका तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त प्रमुख निष्कर्ष तथा सिफारिसहरूलाई राष्ट्रिय योजना आयोगको योजनागत तथा नीतिगत प्रक्रियासँग एकीकृत गरी कार्यान्व...
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

नेपाल । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभयो । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्नुभयो । उहाँले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको जानकारी दिनुभयो । हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबीचको सहकार्यलाई थप विस्ता...