२० भाद्र २०८३, शनिबार

काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय

कोलोराडोखबर संवाददाता , September 5th, 2026

नेपाल । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् ।

संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिण्डर कम छ । संघीय राजधानीमा खालि भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ । तीनै ट्रकमार्फत भरेका सिलिण्डर उपत्यका लैजानुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्