१ पुष २०८२, मंगलवार

अर्थतन्त्र

एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो । नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले ...
राष्ट्र बैंकद्वारा लघुवित्तसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

राष्ट्र बैंकद्वारा लघुवित्तसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा समस्या बढ्दै गएर ऋणीहरु आन्दोलनमा उत्रिएपछि राष्ट्र बैंक सञ्चालक समितिले गत फागुन १० गते आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न २० मुख्य क्षेत्रमा केन्द्रित रहेर एक सय ८१ वटा सुझावसहितको प्रतिवेदन दिएको हो । विगत केही वर्षयता लघुवित्त क्षेत्रको तीव्र विस्तारसँगै विभिन्न समस्या देखिन थालेका छन् । यो अध्ययन प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाले नाफामा मात्र जोड दिई लक्ष्य विचलनको अवस्था सिर्जना भएको, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, कमजोर संस्थागत सुशासन र बहुबैंकिङसँगै ग्राहकमा अत्यधिक ऋणको अवस्था मुख...
रिलायबल नेपाल लाइफले गर्यो १ करोड २ लाख मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफले गर्यो १ करोड २ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले १ करोड २ लाख मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीबाट ७८ साल कात्तिक २९ मा प्रदिप ज्ञवालीले ५० लाख बराबरको बिमालेख खरीद गरेका थिए । उनको ८० साल बैसाख २४ मा दुर्घटनामा परेर मृत्यु भएकोले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ८० साल कात्तिक १९ मा मृतकी आमा श्रीमती टिका कुमारी घिमिरेलाई १ करोड २ लाखको मृत्यु दाबी भुक्तानी गरेको हो । उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेल तथा मृतक ज्ञवालीका परिवार, छिमेकी जनप्रतिनिधि लगायतकको उपस्थितिमा रकम हस्तान्तर गरिएको कम्पनीले प्रेश विज्ञप्ति मार्फत जनाएको छ । ...