नेपाल । नेपालमा सुनको मूल्य बढेर ऐतिहासिक रेकर्ड कायम भएको छ ।
मूल्य बढेर बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० मा कारोबार भएको थियो ।
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो ।
समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको ...
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा आफ्नो सुझाव पेश गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा आयोजित कार्यक्रममा संघको तर्फबाट अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानीहरुलाई सुनिश्चित गर्न र समृद्ध नेपालको अभियानमा विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी गराउनका लागि आगामी वर्ष २०८१/८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा संघको तर्फबाट पेश गरिएका विषयहरु पनि समेट्न आग्रह गर्नुभएको हो ।
गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, मताधिकार, लगानी प्रवर्दन लगायतका विषयहरुलाई समेट्न भनिएको छ । संघले गैरआवासीय नेपाली नागरिकता ग्रहण गरेका ब्यक्तिहरुलाई यसै आर्थिक वर्षबाट राष्ट्रिय परिचयपत्रको व्यवस्था सहितको कानूनी प्रावधानमा समेट्न, यसै आर्थिक वर्षदेखि विदेशमा रहेका गैरआवासीय नेपालीलाई...
नेपाल । नेपाल सरकारले बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता ल्याएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको हो ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन अगाडि बढाइएको थियो । उनीसंग बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसँग बयानसमेत लिएको थियो ।
कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सांसद चौधरीका भाइ तथा सीजी होल्डिङ्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई सीआईबीले माघ १८ मा पक्राउ गरेको थियो । र, जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा भएका छन् ।
कपडाका जुत्ता...
नेपाल । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई किन छानबीन नगरेको भन्ने प्रश्नसहित सहकारी पीडितहरुले बिहीबार संसदीय समितिमा निवेदन दिएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले बिहीबार राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र दिँदै आफूहरूको वचत रकम फिर्ताको पहल गरिदिन पनि आग्रह गरेको हुन् ।
संस्थाका संचालक जिबी राईलाई तत्काल पक्राउ गर्न माग गर्न र सोही सहकारीसँग जोडिएका गृहमन्त्रीलाई छानबीनको दायरामा ल्याउन माग गरिएको छ ।
सूर्यदर्शन सहकारीमा १८ हजार ७०० जना बचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको छ ।...
नेपाल । बिहीबार नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा नेसरकारी वकिलको कार्यालयले बयान लिएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका सांसद चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अधिकारी र सरकारी वकिलले बयान लिएका हुन् ।
आफैँ सरकारी वकिलको कार्यालयमा पुगेका चौधरीले नियम अनुसार लिलामीमार्फत जग्गा लिएको बताएका छन् ।
बुधबार दिउँसो सीआईबीले सभामुखलाई पत्राचार गर्दै विनोद चौधरीमाथि अनुसन्धान भैरहेको जानकारी दिएको थियो । उक्त जानकारीसँगै सीआईबीले उनलाई पक्राउ गर्ने आशंका गरिएको थियो । यसअघि सोही प्रकरणमा उनका भाई अरुणलाई पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो ।...
अमेरिका । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउन आवश्यक सबै नीति संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकोले ढुक्क भएर लगानी भित्र्याउन आहृवान गर्दै लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीति संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईहरुले आफ्नो लगानी ल्याउन सक्नुपर्यो ।’ उहाँले नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनीसकेको दाबी गर्दै बढी भन्दा बढी लगानी भित्र्याउन गैरआवासीय नेपाली संघले पहलकदमी लिनपर्नेमा जोड दिनुभयो । सरकारले आयोजना गर्न लागेको लगानी शिखर सम्मेलन २०२४ मा पनि ए...
नेपाल । अर्बपति ब्यापारी एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरी पनि पक्राउ पर्न सक्ने संभावना बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीमाथि छानविन भइरहेको जनाउँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएपछि उनी पक्राउ पर्ने सक्ने आंकलन गरिन थालेको छ ।
चौधरीमाथि सरकारी कागजात किर्ते र ठगीमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो ।
केही समयअघि सोही प्रकरणमा उनका भाइ अरुण चौधरी पक्राउ परे भने धरौटी बुझाएर रिहा भएका छन् ।...
नेपाल । गैरआवासीय नेपाली संघ एनआरएनएले लगानी शिखर सम्मेलन २०२४ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ ।
संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो ।
सो अवसरमा अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र ...
नेपाल । आफ्नै कार्यालयकै हाकिमलाई दुव्र्यवहार गर्ने नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई पदबाट बर्खास्त गरिएको छ । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले मंगलबारबाट आचार्यलाई बर्खास्त गरेको हो ।
उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको पत्रमा उल्लेख छ । गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा आचार्यले डेपुटी गभर्नर डा. निलम ढुंगानालाई दुर्व्यवहार गरेका थिए ।
उनको चरित्र ठीक नभएको र पटक पटक यस्तै खालका दुर्व्यवहारका घटना घटाउने कार्यमा संलग्न हुँदै आएको र आचरण ठीक नभएकाले उनलाई सेवाबाटै निकालिएको बुझिएको छ ।...