३ आश्विन २०८१, बिहीबार

महासंघका अध्यक्ष ढकालसँग नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवना बारेमा छलफल

कोलोराडोखबर संवाददाता , February 3rd, 2024

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबीच गत विहिवार भेटवार्ता भएको छ ।

काठमाण्डौंस्थित महासंघको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवनाको बारेमा छलफल भएको हो ।

भेटमा अध्यक्ष डा. केसीले नेपालमा लगानी भित्राउन तथा रोजगारी सृजनाको लागि संघले प्रयास गरिरहेको जानकारी दिनुभयो । भेटमा गैरआवासीय नेपालीहरुको लगानीमा संचालन भैरहेका परियोजनाको बारेमा समेत छलफल भएको थियो ।

अध्यक्ष ढकालले महासंघले विदेशमा बस्ने नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । ढकालले नेपाल लगानीको लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको भन्दै लगानीको लागि आग्रह गर्नु भयो ।

भेटमा गैरआवासीय नेपाली संघकी सचिव टिका गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठको उपस्थिति थियो । गुरुङले नेपालमा यसै वर्ष आयोजना हुने एनआरएनए अन्तराष्ट्रिय महिला सम्मेलनको बारेमा जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्