२५ भाद्र २०८३, बिहीबार

बाढी प्रभावित नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडानको कार्य सम्पन्न

कोलोराडोखबर संवाददाता , September 10th, 2026

नेपाल । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य बुधबार राति सम्पन्न भएको छ। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो।

नयाँ पुल जडान भएसँगै बिहीबारदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने शुक्रबारदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।

​यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

प्रतिक्रिया दिनुहोस्