अमेरिकाबाट जनवरी महिनामा ८ हजार ६३ जना नेपाल घुम्न गए
अमेरिका । जनवरी महिनामा अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो महिना जनवरीमा ७९ हजार ९ सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
सन् २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए ।
जनवरी महिनामा सबैभन्दा बढी २० हजार ४ सय ८५ जना भारतीय र दोस्रोमा ८ हजार १ सय ९१ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । बढी संख्यामा नेपाल घुम्न आउने तेस्रो नम्बरमा अमेरिकीहरु छन् ।
Tourist Arrivals for the month of January 2025: 79,991
(A total of 45 % up compared to 2023 and 98 % compared to that of 2019)
· Total Arrival 2025 = 79,991
· Total Arrival 2024 = 79,100
· Total Arrival 2023 = 55,074
· Total Arrival 2022= 16,975
· Total Arrival 2021 = 8,874
· Total ...








