२० बैशाख २०८३, आईतवार

अर्थतन्त्र

चार महिनामा नेपालको ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

चार महिनामा नेपालको ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार

नेपाल । चालू आर्थिक वर्ष २०८२–८३ को चार महिनामा ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि कात्तिकसम्म ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो व्यापार गत आवको सोही अवधिको २४.१८ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । भन्सार विभागका अनुसार चालू आवको चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.७१ प्रतिशत बढी हो । सो अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै, यस अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७७।५१ प्रतिशत बढी हो । त्यसबेला ५२ अर्ब ६७ करोड ७ ला...
वैदेशिक रोजगारीका लागि चार महिनामा दुई लाख ८३ हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीका लागि चार महिनामा दुई लाख ८३ हजारले लिए श्रम स्वीकृति

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८१–८२ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या १५ प्रतिशतले बढेको हो । विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको सो अवधिमा दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएका थिए । चालु आवको सो अवधिमा सबैभन्दा बढी कात्तिकमा ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए । साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।...
ट्रलीबस सञ्चालनमा सहयोग गर्न एडीबीलाई आग्रह

ट्रलीबस सञ्चालनमा सहयोग गर्न एडीबीलाई आग्रह

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विस्तार भइरहेका मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गर्नुभएको छ । एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुस्वालगायतको टोलीसँग दिगो सहरी विद्युतीय परियोजनाका विषयमा बुधबार जानकारी लिँदै मन्त्री घिसिङले यस्तो आग्रह गर्नुभएको हो । काठमाडौँको चक्रपथ, काठमाडौँ–धुलिखेल, पोखरा–मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायतका सडक विस्तार भइरहेको उहाँले बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “उक्त सडकका एक लेन ट्रलीबसका लागि प्रयोग गर्न सकिन्छ, उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि ट्रली जस्ता विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याउनु पर्छ, ट्रली सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आव...
अमेरिकाले एमसीसी परियोजनामा थप्यो सात अर्ब अनुदान

अमेरिकाले एमसीसी परियोजनामा थप्यो सात अर्ब अनुदान

नेपाल । प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतिका लागि संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मार्फत सात अर्ब रुपियाँ (पाँच करोड अमेरिकी डलर) थप अनुदान दिने भएको छ । यससँगै नेपालमा कार्यान्वयन हुने एमसिसी परियोजनाको आकार एक खर्ब छ अर्ब रुपियाँ (७४ करोड ७० लाख डलर) को हुने भएको छ । यसअघि एमसिसी कार्यान्वयनका लागि भएको सम्झौतामा अमेरिकाले ५० करोड डलर अनुदान उपलब्ध गराउने घोषणा गरिएको थियो । थप अनुदान रकमसँगै अमेरिकाले नेपाललाई कुल ५५ करोड डलर उपलब्ध गराउने घोषणा गरेको हो । बाँकी १९ करोड ७० लाख डलर नेपाल सरकारले बेहोर्ने सम्झौतामा उल्लेख छ । अमेरिकाले उपलब्ध गराउने थप अनुदानले विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै बजार पहुँचमा सुध...
सुनचाँदीको मूल्यमा भारी गिरावट

सुनचाँदीको मूल्यमा भारी गिरावट

नेपाल । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ । आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भयो । गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भएको थियो ।...
तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स

तीन महिनामा भित्रियो पाँच खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स

नेपाल । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२–८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको हो । गत असोज महिनामा मात्र रु दुई खर्ब एक अर्ब २२ करोड विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो । पछिल्लो तीन महिना अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या ७७ ह...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।  ...
विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना

विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना

नेपाल । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको छ । विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत युनिट स्थापना गरिएको हो । विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैङ्किङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।...
नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

नेपाल । विश्व बैंकले जेनजी आन्दोलन र त्यसपछिको राजनैतिक अस्थिरताको प्रभावले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । २०२५ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेकोमा २०२६ मा घटेर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनको प्रक्षेपण छ । आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । बिहीबार सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनकाअनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुनेछ । यद्यपि, यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको छ । राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित र आर्थिक सुधारलाई गति दिन सक्नेछ । नकारात्मक पक्षको रूपमा भने निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्नसक्ने पनि अनुमान गरिएको छ । “व्याव...
टोयोटाले अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा

टोयोटाले अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा

अमेरिका । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सिइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी योजनाको उल्लेख गर्दै ‘उनीहरूले १० अर्ब डलर खर्च गर्न जाँदै छन्, नयाँ कार प्लान्ट निर्माण गर्न लाग्दै छन् र यो विभिन्न अमेरिकी राज्यमा हुनेछ’ भनेर बताउनुभएको थियो । तर त्यति बेला टोयोटाका वित्त प्रमुख केन्टा कोनले ‘१० अर्ब डलरको यो तथ्याङ्क पुष्टि गर्न कठिन’ भएको भन्दै राष्ट्रपति ट्रम्पका टिप्पणीबारे प्रत्यक्षरूपमा कुनै टिप्पणी गर्नुभएको थिएन । बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले भने आगामी पाँच वर्षभित...