४ बैशाख २०८३, शुक्रबार

राजस्व चुहावट नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय गरिने

कोलोराडोखबर संवाददाता , April 17th, 2026

नेपाल । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकले दोहोरो कर हटाउने निर्णय गरेको छ।

सरकारले राजस्व चुहावट नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय गर्ने, आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिन प्रत्येक तहले चालू आर्थिक वर्षभित्रै राजस्व संकलन र चुहावट नियन्त्रण कार्ययोजना तयार गर्ने, विद्युत, पर्वतारोहण, वन र खानीको रोयल्टीमा स्थानीय तहको हिस्सा बढाउन नयाँ सूत्र ल्याउनले निर्णय पनि गरेको छ।

यस्तै एक स्थानीय तहबाट अर्कोमा सामान लैजाँदा लिइने गैरकानुनी शुल्क र दस्तुर तत्काल हटाउन पनि निर्देशन दिइएको छ।

छिमेकी देशका पर्यटकसवार सवारीसाधनले भन्सारमा अस्थायी शुलक तिरेपछि नेपालभर हिँड्न पाउने व्यवस्था गर्न निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्