नेपाल । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
बुधबार सूचना जारी गर्दै मध्य रातिबाट लागू हुने गरी मूल्यवृद्धि गरिएको निगमले जनाएको हो ।
सूचना अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले वृद्धि भएको छ । पेट्रोलको भाउ भने निगमले यथावत राखेको छ ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ पाँच रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्