१५ कार्तिक २०८२, शनिबार

कोलोराडो विशेष/अमेरिका

नेपालीभाषी भुटानीहरुको संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोमा नयाँ कार्यसमिति चयन

नेपालीभाषी भुटानीहरुको संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडोमा नयाँ कार्यसमिति चयन

– नातिबाबु भट्ट, हेम गिरी (कोलोराडो) । अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (जीबीसीसी) को गत महिना सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको छ । सन् २०१० मा कोलोराडोमा स्थापना भएको सो संस्थाको सन् २०१५ देखि नेतृत्व परिवर्तन भएको थिएन । पद हस्तान्तरण कार्यक्रमको संस्थाका उपाध्यक्ष भीम राईको स्वागत मन्तव्यसँगै शुरु भएको थियो भने कार्यक्रम संस्थाका सचिव मणी राईले संचालन गरेका थिए । कार्यक्रममा उपस्थित संस्थाका शुभचिन्तक तथा सल्लाहकार केदार खतिवडा, किराँत कल्चरल सोसाइटी अफ कोलोराडोका अध्यक्ष सह सुब्बा, कोलोराडोको नेपाली भाषी भुटानी समुदायका अगुवा भुवानी न्यौपाने र श्याम खनाल लगायतले संस्थाको नवगठित कार्य समितिलाई शुभकामना साथै निवर्तमान कार्य समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । सो संस्थाले विशे...
कोलोराडो निवासी शेर्पा समुदायले भव्यताका साथ मनाए ग्याल्पो ल्होसार (फोटो फिचरसहित)

कोलोराडो निवासी शेर्पा समुदायले भव्यताका साथ मनाए ग्याल्पो ल्होसार (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायले शनिबार २१५२औं ग्याल्पो ल्होसार भब्यताका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएका छन् । कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा एसोसीएसन अफ कोलोराडोको आयोजनामा उनीहरूले २१५२औं ग्याल्पो ल्होसार मनाएका हुन् । यहांस्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा समुदायका सदस्यहरू उपस्थित भई भव्यताको साथ सिब्रु तथा अन्य सांस्कृतिक नृत्य प्रश्तुती गर्दै मनोरञ्जनका साथ ग्याल्पो ल्होसार सम्पन्न गरेका हुन् । उक्त समारोहमा लामागुरू, संस्थालाई सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, सगरमाथा आरोही, कलाकार, व्यवसायी, पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरूलाई खादा लगाइ सम्मान गरिएको थियो । ल्होसार कार्...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखामा सल्लाहकारहरु मनोनयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखामा सल्लाहकारहरु मनोनयन

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको सल्लाहकारहरुमा विभिन्न पाँचजना व्यक्तित्वहरु चयन हुनु भएको छ । शाखाका अध्यक्ष किरण अधिकारीका अनुसार कोलोराडो क्षेत्रका वरिष्ठ व्यक्तित्वहरु पदम विश्वकर्मा, धन पौडेल, भुपेन्द्र महत, विजयदेव अधिकारी र रमेश गुरुङलाई सल्लाहकार मनोनयन गरिएको हो । यसअघि संस्थाका महासचिवमा पुष्पराज पौडेल मनोनयन हुनु भएको थियो । यसअघि हालै अधिकारीको अध्यक्षमा शाखामा नयाँ कार्यसमिति चयन भएको थियो । अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य हुनुहुन्छ । ...
तमु धीं कोलोराडोका नवनिर्वाचित अध्यक्ष सन्तोष गुरुङको पदभार कार्यक्रम सम्पन्न

तमु धीं कोलोराडोका नवनिर्वाचित अध्यक्ष सन्तोष गुरुङको पदभार कार्यक्रम सम्पन्न

कोलोराडो । तमु धीं कोलोराडोले गत शनिवार फरवरी २२ तारिखका दिन नवनिर्वाचित अध्यक्ष सन्तोष गुरुङको पदभार तथा शुभकामना कार्यक्रम बोल्डर स्थित काठमाण्डू रेष्टुरेन्टमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा तमु धीं कोलोराडोका अभिभावक तथा संस्थापक सदस्य पूर्ण हादुर गुरुङ, संस्थापक अध्यक्ष अरुण गुरुङ, पूर्वअध्यक्षद्वय चन्द्रमान गुरुङ, जीत हादुर गुरुङ, कार्य समितिका सदस्यहरू लगायत सदस्यहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रम जनसम्पर्क प्रतिनिधि प्रकाशजंग गुरुङको अध्यक्षतामा भएको थियो । कार्यकममा नव नियुक्त अध्यक्षलाई स्वागत गर्दै नव निर्वाचित आयोगको संयोजक पूर्णबहादुर गुरुङले निर्वाचनको प्रक्रिया र परिणाम बारे सभालाई जानकारी दिनु भएको थियो । त्यसैगरी संस्थापक अध्यक्ष अरुण गुरुङ, पूर्वअध्यक्ष चन्द्र न गुरुङ, जीतबहादुर गुरुङ, सदस्य सरिता गुरुङ र धनराज गुरुङले शुभकामना मन्तव्य दिनु भएको थियो । निर्वाचि...
अनेसास कोलोराडो शाखाको महासचिवमा पुष्पराज पौडेल मनोनित

अनेसास कोलोराडो शाखाको महासचिवमा पुष्पराज पौडेल मनोनित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाको महासचिवमा पुष्पराज पौडेल मनोनयन हुनु भएको छ । शाखाको रिक्त रहेको महासचिव पदमा पौडेललाई मनोनयन गरिएको अध्यक्ष किरण अधिकारीले जानकारी दिनु भयो । यसअघि अधिकारीको अध्यक्षमा शाखामा नयाँ कार्यसमिति चयन भएको थियो । अनेसास कोलोराडो शाखाको नयाँ कार्यसमितिमा उपाध्यक्षमा निर्मला अर्याल, कोषाध्यक्षमा शर्मिला शर्मा र सदस्यहरुमा देव भट्टराई, सिर्जना अर्याल र रञ्जु आचार्य चयन भएका थिए । संस्थाको महासचिव, सचिव र एक सदस्य खाली रहेकोमा पौडेल महासचिव मनोनयन हुनु भएको हो ।...
कोलोराडोस्थित नेपाली घरको १२औं साधारण सभामा महत्वपूर्ण विषयहरुमा छलफल

कोलोराडोस्थित नेपाली घरको १२औं साधारण सभामा महत्वपूर्ण विषयहरुमा छलफल

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको १२औं साधारण सभा शनिबार एक समारोहबीच सम्पन्न भयो । बिशेषगरी संस्थाको बिधानमा सदस्य, शुभचिन्तक तथा दाताहरुको राय सुझाव र समयको माग बजोजिम केही बुंदा सामान्य परिमार्जन केही थपघट गरी सबैलाइ समेट्न सक्ने बनाउनको लागी बोलाईएको साधारण सभाले संस्थाको संशोधित बिधान सर्वसम्मत तरिकाबाट पास गर्दै सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली घरका सल्लाहकार समाजसेवी टिका सिटौला तथा समाजसेवी डा. बिजयराज शर्माबाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रियगानसंगै अगाडि बढाइएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, शुभचिन्तक, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाली सा...
शेर्पा संघ कोलोराडोले मार्च १ तारिखका दिन ग्याल्बो ल्होछार मनाउँदै

शेर्पा संघ कोलोराडोले मार्च १ तारिखका दिन ग्याल्बो ल्होछार मनाउँदै

कोलोराडो । शेर्पा संघ कोलोराडोले यही मार्च १ तारिख शनिबारका दिन ग्याल्बो ल्होछार पर्व भव्यताका साथ मनाउने भएको छ । उक्त कार्यक्रम 3975 28th st, Boulder, CO. 80301 मा दिउँसो १ बजेदेखि राति १० बजेसम्म आयोजना गरिएको संघका महासचिव निर्मा शेर्पाले बताउनु भयो । ल्होछार पर्वलाई शेर्पा समुदायले परम्परागत नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । उक्त कार्यक्रममा कोलोराडो क्षेत्रका सम्पूर्ण संघसंस्थाका पदाधिकारी, सदस्यहरु, कोलोराडो निवासी सम्पूर्ण व्यक्तित्वहरु, समाजसेवी र गन्यमान्यहरुलाई आमन्त्रण गरिएको छ । ...
कोलोराडोमा बालबालिकाहरुको भव्य उपस्थितिमा मनाइयो सरस्वती पूजा (फोटो फिचरसहित)

कोलोराडोमा बालबालिकाहरुको भव्य उपस्थितिमा मनाइयो सरस्वती पूजा (फोटो फिचरसहित)

कोलोराडो । अनेसास कोलोराडो शाखा र नेपाली भाषा पाठशालाको संयुक्त आयोजनामा फेब्रुअरी १५, शनिबारका दिन वेस्टमिनस्टरस्थित नेपाली घरमा सरस्वती पूजा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम सञ्चालन एरिका अधिकारीले गरेकी थिइन् । पहिलो चरणमा सरस्वती पूजा र बन्दना गरिएको थियो । धन पौडेल, निर्मला अर्याल, रञ्जु आचार्य, गीता भुसाल, प्रतिभा शर्मा, रीता ज्ञवाली, कविता ज्ञवाली र पूजा आलेबाट सरस्वती पूरा विधि र बन्दना गरिएको थियो । त्यसैगरी नेपाली भाषा पाठशालाका शिक्षक, शिक्षिका, विधार्थी र अभिभावकहरुद्वारा सरस्वती माताको पूजा, पुष्प अर्पण तथा दर्शन गरिएको थियो । साथै कार्यक्रममा उपस्थित सम्पूर्णलाई प्रसाद वितरण गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा विधार्थीहरुको प्रतिभा प्रस्तुति गरिएको थियो । माया ज्ञवालीद्वारा पियानोको साथमा राष्ट्रिय गानबाट कार्यक्रमको शुरुवात गरिएको थियो । सरस्वती प...
अमेरिकाको टेक्ससमा ‘नेपाल डे परेड-२०२५’ सम्पन्न

अमेरिकाको टेक्ससमा ‘नेपाल डे परेड-२०२५’ सम्पन्न

टेक्सस । फेब्रुअरी १६, २०२५ आइतबारका दिन अमेरिकाको टेक्सास राज्यको हट्टो सहर नेपालमय बन्न पुग्यो । नेपालीपन, पहिचान, नेपालीत्व र नेपाल–अमेरिकाबीचको आपसी सम्बन्ध झल्काउने ‘नेपाल डे परेड–२०२५’ गर्बिलो इतिहास रच्दै भव्यताका साथ सम्पन्न भएको छ । क्त कार्यक्रम ग्रेटर अस्टिन नेपाली सोसाइटी, नेपलिज सोसाइटी टेक्सास, नेपलिज एसोसिएसन ह्युस्टन, स्यान एन्टोनियो नेपलिज एसोसिएसन र नेपलिज सोसाइटी अफ क्लबले संयुक्त रूपमा आयोजना गरेका हुन् । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै नेपाली कला, संस्कृति, परम्परा, रितिरिवाज, भाषा, भेषभूषा र पहिचानलाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने मुख्य उद्देश्यले नेपाल डे परेड कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक झाँकी प्रदर्शन र विशेष सांस्कृतिक कार्यक्रमसहितको उक्त कार्यक्रममा हजारौं प्रवासी नेपालीहरुको निकै उत्साहजनक सक्रिय उपस्थित रहेको ...
कोलोराडोको बोल्डरमा अगस्ट ९ तारिखमा आठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको घोषणा

कोलोराडोको बोल्डरमा अगस्ट ९ तारिखमा आठौं ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको घोषणा

–मीन बोलखे (नेपाल) । आगामी अगस्ट ९ तारिखका दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ हुने भएको छ । आइतबार नेपालको राजधानी काठमाडौंमा आयोजित विशेष समारोहका बीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो । नेपाल सरकार बागमती प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्ककरणको औपचारिक समापन र आठौं संस्करणको मिति घोषणा गरिएको हो । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नायक नवराज श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै ८औं ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५’ कार्यक्रमको घोषणा गरेका हुन् । उक्त कार्यक्रम नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा भएको थियो । ‘नेपाली फिल्म भिलेज ...