१९ श्रावण २०८३, मंगलवार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा नोभेम्बर ८ मा बक्तृत्वकला प्रतियोगिता हुने

कोलोराडोमा नोभेम्बर ८ मा बक्तृत्वकला प्रतियोगिता हुने

कोलोराडो । अनेसास कोलोराडो शाखाद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा बालबालिकाहरुको बीचमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । देवकोटाको साहित्यिक योगदानका विषयमा आउँदो नोभेम्बर ८ तारिक शनिबारका दिन नेपाली घरमा उक्त कार्यक्रम आयोजना गरिएको अनेसास कोलोराडोका अध्यक्ष किरण अधिकारीले बताउनु भयो । दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा वयस्कहरुबाट साहित्यिक रचना बाचन पनि हुने जनाइएको छ ।...
एनआरएनए एनसीसी अमेरिकामा एकता कायम गर्ने पहल जारी

एनआरएनए एनसीसी अमेरिकामा एकता कायम गर्ने पहल जारी

अमेरिका । एनआरएनए एनसीसी अमेरिका लामो समयदेखिको आन्तरिक विभाजन अन्त्य गरी सशक्त एकता कायम गर्ने दिशामा पहल शुरु भएको छ । एनआरएन एनसीसी अमेरिकाको गत सेप्टेम्बर २२ मा अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा बसेको पूर्ण कार्यसमिति बैठकले हाल विद्यमान दुई एनसीसीहरू (जुलाई २७ र अगस्त १८ मा गठन भएका) बीच एकताका लागि औपचारिक निर्णय पहल अघि बढाइएको छ । सोही निर्णयअनुसार वरिष्ठ उपाध्यक्ष प्रेम तामाङको संयोजकत्वमा, उपाध्यक्ष दीपक सापकोटा र प्रवक्ता द्रोण गौतम सदस्य रहेको तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो । समितिले गठन हुने बित्तिकै सत्येन्द्र शाहको नेतृत्वमा रहेको समितिका जिम्मेवार सदस्यहरूसँग वार्ताको पहल सुरु गरेको थियो । वरिष्ठ उपाध्यक्ष प्रेम तामाङले जारी गरेको सो विज्ञप्तिमा एनआरएनए अमेरिकालाई एकजुट र सशक्त बनाउने प्रयासमा आफूहरू सधैँ प्रतिबद्ध, तत्पर र सहयोगी रहने स्पष्ट पारेका छन् ।...
एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकारमा बासुदेव खनाल चयन

एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकारमा बासुदेव खनाल चयन

कोलोराडो । कोलोराडोखबर डटकमका संस्थापक, एनआरएनए कोलोराडो च्याप्टरका संस्थापक अध्यक्ष तथा सफल व्यवसायी वासुदेव खनाल एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकार चयन हुनु भएको छ । एनआरएनए एनसीसीका प्रवक्ता सन्देश उप्रेतीका अनुसार संघको संरक्षक परिषद्, सल्लाहकार समिति र मानार्थ काउन्सिल सदस्य परिषद् गठन गरिएको हो । एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र साहको अध्यक्षतमा बसेको बैठकले उल्लेखित समितिमा विभिन्न व्यक्तित्वहरुलाई चयन गरेको हालै प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ...
कोलोराडोमा सिष्टर्स ग्रुप दिदीबहिनी समूह र हिरण्य भोजपुरे पुरस्कृत हुँदै

कोलोराडोमा सिष्टर्स ग्रुप दिदीबहिनी समूह र हिरण्य भोजपुरे पुरस्कृत हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल सम्वत ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले सिष्टर्स ग्रुप दिदीबहिनी समुह कोलोराडो र बरिष्ठ गायक तथा संगीतकार हिरण्य भोजपुरेलाइ पुरस्कृत गर्ने भएको छ । आगामी अक्टोवर २५ तारिक शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्नलागेको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार बितरण गर्ने बताइएको छ । संस्थाले नेपाल सम्बत ११४६ को अवसर पारेर कोलोराडो नेवाः खलः नेपाल सम्वत प्रवर्तक शंखधर साख्वा नेपाल संम्वत ११४५ सिरपा (पुरस्कार) सिष्टर्स ग्रुप दिदीबहिनी समुह कोलोराडो र कोलोराडो नेवाः खलः शताब्दी पुरुष सत्यमोहन नेपाल सम्वत ११४५ सिरपा (पुरस्कार) हिरण्य भोजपुरेलाई प्रदान गर्न लागेको हो । प्रवासमा रहेका महिला दिदीबहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन, नेपाली भाषा संस्कृतीको संरक्षण तथा सम्बर्धन गर्दै पुस्तान्तरणको बतावरण सृजना गर्न र दिदी बहिनीहरू...
कोलोराडोमा कन्सुलर सेवा शिविरबाट ५ सय ३१ जना लाभान्वित (फोटो फिचरसहित)

कोलोराडोमा कन्सुलर सेवा शिविरबाट ५ सय ३१ जना लाभान्वित (फोटो फिचरसहित)

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा अक्टोबर १० देखी १२ सम्म आयोजित राहदानी सेवा शिविर भब्यताका साथ सम्पन्न भएको छ । हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन , नेपाली घरको अगुवाइ र एनआरएन कोलोराडो च्याप्टर तथा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालको सकृय सहभागितामा अक्टोबर १० देखी १२ तारिख सम्म आयोजित शिविरमा ५ सय ५ जनाको राहदानी नविकरण, २६ जनाको एनआरएन कार्डको फारम संकलन भएको सेवा शिविरका टोली प्रमुख अरूणा घिसिङले बताएकी छन् । नेपाली राजदुताबास वासिङटन डिसीबाट आएका कुटनितीक स्टाफहरू अरूणा घिसिङ, सोना खडारी, यज्ञप्रसाद रेग्मी र टेक्सास काउन्सिल अफिसबाट आएकी हरिमयां अधिकारीकी सहित ४ सदस्सिय टोलिको अथक प्रयासले सेवा शिविर सफलताको साथ सम्पन्न हो । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालन भएको सेवा शिविरमा सेवालिन एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटाह, ओहायो, केन...
कोलोराडोमा हुने कन्सुलर घुम्ती शिविरमा सेवा लिन ४ सय भन्दा बढीले फारम भरे

कोलोराडोमा हुने कन्सुलर घुम्ती शिविरमा सेवा लिन ४ सय भन्दा बढीले फारम भरे

कोलोराडो । अमेरिकाको कोलोराडोमा यही अक्टोबर १०, ११ र १२ तारिखमा हुन लागेको कन्सुलर घुम्ती शिविरमा सेवा लिन ४ सय भन्दा बढीले फारम भरेका छन् । उक्त शिविर कोलोराडोस्थित नेपाली घरमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ । एनआरएनए कोलोराडो च्याप्टर, हेल्पिङ ह्याण्डस्, नेपाली घर तथा सम्पूर्ण नेपाली संस्थाहरूको सहकार्यमा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुन लागेको हो । नेपाली घरका महासचिव भोला कटुवालका अनुसार अमेरिकास्थित नेपाली दुतावास र नेपाली घरको क्युआर कोड प्रयोग गरेर फारम भरेका ४०० सेवाग्राहीमध्ये अधिकांशले पासपोर्ट सेवाका लागि आवेदन दिएका छन् । ३७ जनाले एनआरएन कार्ड, ४ जनाले ट्राभल डकुमेन्ट वा वारिसनामाका लागि र ४ जनाले अन्य सेवाका लागि फारम भरेका छन् । उक्त शिविर सेवामा कोलोराडो लगायत एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटाह र वायोमिङबाट पनि सेवाग्राहीहरू आउन...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम हुँदै

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर)को सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना हुन लागेको हो । यस अघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुन लागेको हो । यसरी देउसी भैलो खेलीने स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतीक केन्द्र नेपाली घर रहेका छन् । अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारिक शुक्रबार सांझ ५ बजेदेखी राती १० बजेसम्म देउसी भैलो खेल्ने कार्यक्रम रहेको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले बत...
अक्टोबर १८ मा कोलोराडोमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

अक्टोबर १८ मा कोलोराडोमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

-हेम गिरी (कोलोराडो) । अमेरिकाको कोलोराडोमा रहेको ग्लोबल भुटानीज कम्युनिटी कोलोराडोले आफ्नो वार्षिक सांस्कृतिक कार्यक्रम २०२५ लाई भव्य रूपमा आयोजना गर्ने भएको छ । अक्टोबर १८ मा अरोरास्थित ईस्ट मिडल स्कूलमा दिउँसो ३ बजेदेखि सुरु हुने यो कार्यक्रमको मुख्य आकर्षण ‘भ्वाइस अफ नेपाल–४’ का विजेता करण राईको प्रस्तुति हुनेछ। राईसँगै चर्चित गायिका शशी रावल र गायक कमल के. क्षेत्रीले पनि आफ्ना सांगीतिक प्रस्तुतिहरूबाट दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन् । “संस्कृति हाम्रो पहिचान – संरक्षण, प्रवद्र्धन र विकास हाम्रो अभियान” भन्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा स्थानीय भुटानी–नेपाली कलाकारहरूको नृत्य र गायन प्रस्तुत गरिनेछ । आयोजक समितिका सांस्कृतिक संयोजक विर्ख गुरुङका अनुसार, GBCC ले विगतका वर्षहरूमा जस्तै नेपाली संस्कृति, कला, भाषा र संगीतको संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ...
कोलोराडोमा अक्टोबर १८ मा दशैंतिहार शुभकामना कार्यक्रम आयोजना हुँदै

कोलोराडोमा अक्टोबर १८ मा दशैंतिहार शुभकामना कार्यक्रम आयोजना हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालीको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरु एकैठाउमा जम्माभई एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै नेपालीभाषीहरुको सहभागीतामा यही अक्टोबर १८ तरिक शनिबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो । नेपालीभाषीमाझ भाषा, संस्कृती, पहिचान र रितीरिवाजलाइ निरन्तरता दिदैआएको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले हरेकबर्ष दशैंतिहार शुभकामना सांझ कार्यक्रम आयोजनागर्दै आएको थियो । यसबर्ष भने मातृभुमीमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान बलिदान दिएका सहिदहरुको सम्मान र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनागर्दै सांस्कृतिक सांझ कार्यक्रमलाई स्थगीत गरी एकता, भातृत्व र संस...
नेपाल सम्बत ११४६ अवसरमा नेवाः खलः कोलोराडोद्वारा दुई पुरस्कार प्रदान गर्ने निर्णय

नेपाल सम्बत ११४६ अवसरमा नेवाः खलः कोलोराडोद्वारा दुई पुरस्कार प्रदान गर्ने निर्णय

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाल सम्बत ११४६ को अवसरमा नेवाः खलः कोलोराडोले यसबर्ष देखी दुईवटा पुरस्कार बितरण गर्ने निर्णय गरेको छ । संस्थाको हालै सम्पन्न कार्य समितिको बैठकले नेपाल सम्बतको अवसर पारेर हरेक बर्ष शताब्दी पुरुष सत्यमोहन पुरस्कार र शंखधर साख्वा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । आगामी अक्टोवर २५ तारिक सनिवार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजना गर्न लागेको न्हूदँया भिन्तुना कार्यक्रममा उक्त पुरस्कार बितरणगर्ने अध्यक्ष भुषणलाल श्रेष्ठले बताएका छन् । कोलोराडो नेवाः खलः शताब्दीपुरूष सत्यमोहन सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोमा भाषा, साहित्य, कला, संगीत र संस्कृतिको जगेर्ना र विकासमा योगदान पुर्याएका व्यक्तित्वलाई यो पुरस्कारले सम्मान गरिनेछ । त्यसैगरी कोलोराडो नेवाः खलः शंखधर साख्वा सिरपा (पुरस्कार) अमेरिकाको कोलोराडोका स्थानीय नेपाली संघ, संस्थामध्ये उ...