सांस्कृतिक कार्यक्रमसंगै मनाइयो माघे संक्रान्ति, मुना थापा मगरले तताईन् कोलोराडो
नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । माघे संक्रान्तिको सुभ अवसरमा कोलोराडो निवासी मगरहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान गर्दै सम्पन्न गरेका छन् ।
मगर संघ कोलोराडो च्याप्टरको आयोजनामा कोलोराडो निवासी मगरहरुले आफ्नो कला, संस्कृति परम्परा अनुसार माघे संक्रान्ति पर्व मनाएका हुन् ।
मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा नेपाली सांस्कृति केन्द्र भवनमा सम्पन्न कार्यक्रम बयोबृद्ध जगनलाल थापा मगरद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी तथा नेपाली भाषी बाआमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
मगर संघ अमेरिकाका केन्द्रीय सल्लाहकार लछुमन राना मगरको प्रमुख आतिथ्यता तथा चर्चित लोक तथा दोहोरी गायिक...









