३० भाद्र २०८१, आईतवार

सांस्कृतिक कार्यक्रमसंगै अमेरिकाको कोलोराडोमा मनाइयो तमु ल्होसार

कोलोराडोखबर संवाददाता , January 4th, 2024

–नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा गुरुङ जातीहरुको पर्व तमु ल्होसार बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो ।

तमु धी कोलोराडोको आयोजनामा तमु समुदायले आफ्नो संस्कृती परम्परा अनुसार बिरालो बर्गलाई बिदा गरी गिद्ध बर्गलाई स्वागत गर्दै सोमबार ल्होसार मनाएका हुन् ।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा सम्पन्न कार्यक्रम ८८ बर्षिय बयोबृद्ध दुजमयां गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको शुरुमा नेपाली, अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

तमु धीका उपाध्यक्ष भुवन गुरूङ र सरीता गुरूङद्वारा संयूक्त रूपमा संचालित कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरूङले उपस्थित सबैलाइ स्वागत गर्दै यसको महत्व र अवस्यकता बारे प्रकाश पारेका थिए । हाम्रो भाषा संस्कृति हराए हाम्रो पहिचाह नै हराउने छ भन्दै यसलाइ आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्तान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाइ अनुरोध गरे । स्थानीय समुदायलाई तमु संस्कृतीको पहिचाहन गराउनुको साथै तमु संस्कृती जोगाई राख्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमको दाश्रो चरणमा गतबर्षदेखि कोलोराडोमा शुरू गरिएको गुरूङ भाषा कक्षाका बालबालिकाहरूले कार्यक्रम प्रश्तुत गरेका थिए । उनीहरूले आफ्नो परिचय गुरूङ भाषाबाट दिदैं बिभिन्न सांगीतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । सोही अवशरमा गत बर्षदेखी निःशुल्क गुरूङ भाषा सिकाउदै आएका शिक्षक शंकर गुरूङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कलाकारहरूले गुरुङ, नेपाली र अंग्रजी भाषाका गीत गाएर, दुइ छुट्टा छुट्टै लाइभ ब्याण्ड Kathmandu Rocks रBesurey Rocks द्धारा सांगीतिक प्रश्तुती गरेर, कौडा नृत्य लगायतका बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।

कोलोराडोमा गत डिसेम्बर ३१ तारिक शनिबार सांझ पनि गुरूङ समुदायको अर्को संस्था तमु प्ये ल्हुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ ल्होसार सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्