२८ फाल्गुन २०८२, बिहीबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने

कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी पदम विश्वकर्मा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुनु हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका अध्यक्ष विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिवव डा. धनप्रसाद सुवेदीले जनाएका छन् । पुरस्कारको राशि १ लाख रुपैयाँ छ । विश्वकर्मासँगै खगेन्द्र संग्रौला, मोहनविक्रम सिंह, शान्ता श्रेष्ठ, घनश्याम शर्मा पौडेल, कृष्ण गौतम, प्राडा देवीप्रसाद गौतम, बम देवान, राजव र गंगा कर्माचार्यलाई पनि विभिन्न पुरस्कार प्रदान गरिने निर्णय भएको छ । ...
अमेरिकाको क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रम हुँदै

अमेरिकाको क्यालिफोर्नियामा भलिबल प्रतियोगितासहित नेपाल परेड कार्यक्रम हुँदै

कोलोराडो । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा अप्रिल १२, १३ र १४ मा दुई महत्वपूर्ण कार्यक्रम हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्नियाको लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघसंस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै भलिवल प्रतियोगित सँगै अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकीसहित परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिनु भयो । स्थानीय मार्केट स्ट्रिटमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत हुने छ । सोही अवसरमा भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौ...
अमेरिकाको कोलोराडोमा मार्च २४ मा होली पर्व मनाईँदै

अमेरिकाको कोलोराडोमा मार्च २४ मा होली पर्व मनाईँदै

कोलोराडो । अमेरिकाको कोलोराडोमा मार्च २४ आइतबारका दिन फागु पूर्णिमा अर्थात होली पर्व हर्षोल्लासका साथ मनाइने भएको छ । नेपाली कल्चर सेन्टर (नेपाली घर) को आयोजनामा दिउँसो १ बजेदेखि ४ बजेसम्म रंगहरुको पर्व होली मनाइन लागेको नेपाल घरका अध्यक्ष जगदीशचन्द्र ढकालले जानकारी दिनु भयो । कोलोराडोबासी नेपालीभाषीहरूको साझा संस्था नेपाली घरले सबै नेपालीभाषी दाजु,भाई, दिदीबैनीहरुको उपस्थितीमा नेपालीहरूको सांस्कृतिक पर्ब होली (फागु पूर्णिमा) हरेक वर्ष धूमधामका साथ मनाउॅदै आएको छ । ‘नेपाली सॅस्कृतीको जगेर्ना गर्न, सामाजिक सदभाव क़ायम गर्न, एक आपसमा सम्बन्ध, सहयोग, र ऐक्यबद्ता अभिवृद्धि गर्दै हाम्रा सन्ततिलाई हाम्रो सँस्कृती , रीती रिवाज र परम्परा बोध गराउन नेपालीघरले होली कार्यक्रम संचालन गर्दैआएको हो ।’, अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । होली (फागु पूर्णिमा) पर्वलाई यसवर्ष पनि हर्षोल्लासपूर्बक...
४० तस्बिरमा हेरौं कोलोराडोमा सम्पन्न अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका झलकहरु (फोटो फिचर)

४० तस्बिरमा हेरौं कोलोराडोमा सम्पन्न अन्तराष्ट्रिय नारी दिवस कार्यक्रमका झलकहरु (फोटो फिचर)

कोलोराडो । ११४औं अन्तराष्ट्रिय नारी दिवस मार्च ९ तारिक शनिबार अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो ।  सेभेन समिट गर्नु भएकी शाहसी महिला शैली बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा नायिका रेखा थापा, प्राप्ति विष्ट र रितु तुलाधर विशिष्ट अतिथिको रूपमा हुनुहुन्थ्यो । अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस ४० तस्बिरमा हेरौं कार्यक्रमका झलकहरुः (फोटोग्राफी भरतकुमार श्रेष्ठ)  ...
बोस्टनमा भव्यताका साथ मनाइयो महाशिवरात्रि

बोस्टनमा भव्यताका साथ मनाइयो महाशिवरात्रि

सुपेन्द्र बस्नेत (बोस्टन) । अमेरिकाको बोस्टन स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गत मार्च ८ तारिख शुक्रवारका दिन विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि भव्यताका साथ मनाइयो । उक्त दिन ‘महाशिवरात्रि’ परेकाले हिन्दू धर्मावलम्बीहरु 594 Washington Street, Braintree स्थित सामुदायिक भवनमा स्थापित ‘पशुपतिनाथ’ को मन्दिरमा उपस्थित भइ महाशिवरात्रि मनाएका थि। उक्त मन्दिरमा स्थापना गरिएको पशुपतिनाथ, बुद्धलगायत देवी देवताहरुको मूर्तिहरुमा प्राण प्रतिष्ठा गरिएपछिको यो पहिलो ‘महाशिवरात्रि’ भएकाले विशेष रुपमा मनाउन भक्तजनहरुको बाक्लै उपस्थिति रहेको थियो । महाशिवरात्रिलाई विशेष रुपमा मनाउन बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन)ले आवश्यक प्रबन्ध मिलाएको थियो। कार्यतालिका अनुसार भक्तजनहरुका लागि विहान ८ बजेदेखि नै मन्दिर खुला गरी दिनभरि नै चरण...
भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

कोलोराडो । भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभिलिएन भेल शहरमा शेर्पा समुदायहरुको महान चाड सिङ डुक लो वर्ष (Wooden Dragon year) २१५१ औं ग्यल्पो लोसार अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायहरुले भव्यताका साथ रमाईलो गरेर मनाएका छन् । विहानको कार्यक्रममा न्युयोर्कबाट पाल्नु भएका वौद्ध लामा गुरुज्यू ङवाङ छछोग लामाले पूजा आरधान गर्नु भएको थियो । उहां ८ पटक सगरमाथा सफल आरोहन गर्नु भएका सफल आरोही पनि हुनुहुन्छ । अपरान्हको कार्यक्रम संस्कृतिक नाचगान गर्दै रातको १० बजेसम्म रमाईलो गरेर मनाइएका थियो । भेल भ्याली शेर्पा लोसार कोलोराडोमा शेर्पाहरुको बसाई सराई भए देखी नै लावा सिस्टमले निरन्तर मनाइदै आएको छ । यो लावा सिस्टममा ३, ४ शेर्पा परिवारहरु आयोजक चुन्ने चलन छ । यो वर्ष २१५१ को लावाज्युहरुमा ङवाङ थ्रोवा शेर्पा परिवार, पासङ तेन्जी शेर्पा (पिटी) परिवार, निमा तमाङ परिवार र मिङमा शेर्...
अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

अमेरिकाको कोलोराडोमा भव्यताका साथ मनाइयो अन्तराष्ट्रिय नारी दिवस

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । ११४औं अन्तराष्ट्रिय नारी दिवस अमेरिकाको कोलोराडोमा बिभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजना तथा कोलोराडोमा सक्रिय डेढदर्जन भन्दा बढी संघ संस्थाहरूको सहयोगमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु, कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बुबाआमा, दाजुभाई दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । ‘महिलामा लगानी गरौं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ महिलाका बिभिन्न मुद्दा, महिला सशक्तीकरण, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका लगायतका बिषयमा छलफल र अन्तरक्रिया भएको थियो । सेभेन समिट गर्नु भएकी शाहसी महि...
अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

अन्तर्राष्ट्रिय नारी दिवस मनाउन पाहुनाहरु कोलोराडो आउनेक्रम शुरु, शुक्रबार एनआरएनए नाइट

कोलोराडो । यसवर्ष ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउन अमेरिका निवासी नेपालीहरु शनिबार कोलोराडोमा भेला हुँदै छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजना, एनआरएनए कोलोराडो च्याप्टरको सहआयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम शनिबार दिउँसो १ बजे बाट ६ बजेसम्म हुने छ । कार्यक्रममा सेभेन समिट गरेकी शाहसी महिला शैली बस्नेत कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनु हुनेछ भने प्राप्ति विष्ट, रितु तुलाधर र नायिका रेखा थापा विशिष्ट अतिथिका रुपमा सहभागी हुनु हुनेछ । यसैक्रममा कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु पनि कोलोराडो आउने क्रम शुरु भएको छ । एनआरएनए एनसीसीले अमेरिकामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिताका ला...
प्याब्फोनले बोस्टनमा भव्यताका साथ महाशिवरात्रि मनाउने

प्याब्फोनले बोस्टनमा भव्यताका साथ महाशिवरात्रि मनाउने

अमेरिका (बोस्टन) । बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) ले महाशिवरात्रि भव्यताका साथ मनाउने तयारी गरेको छ । प्याब्फोनले आउदो मार्च ८ तारिख शुक्रवारका दिन बोस्टन सहर स्थित नेपाली समुदायको सामुदायिक भवनमा स्थापना गरिएको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा विविध धार्मिक क्रियाकलापहरु गरेर महाशिवरात्रि मनाउन लागेको हो। मन्दिर स्थापनासंगै प्राण प्रतिष्ठा गरिएपछिको यो पहिलो महाशिवरात्रि भएकाले, यसलाई भव्यताका साथ मनाउने गरी आवश्यक तयारी गरिसकिएको प्याब्फोनले जनाएको छ। प्याब्फोन कार्यसमितिका अध्यक्ष बिरोचन नेपालले जानकारी दिए अनुसार महाशिवरात्रिका दिन भक्तजनहरुका लागि विहानैदेखि मन्दिर खुल्ने र दिनभरि नै चरणबद्ध अखण्ड विविध धार्मिक क्रियाकलापहरु गरिने छ। उक्त दिन सामूहिक महाशिवरात्रि व्रत पूजा, रुद्राभिषेक, पूजापाठ, आरति, महाप्रसाद, शिवधुनी,...
अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

अमेरिकाको कोलोराडोमा शनिबार हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रमको तयारी पूरा भएको छ । कार्यक्रममा सहभागी हुन एनआरएनए आईसीसी र कोलोराडो बाहिरबाट एनआरएनए एनसीसीका पदाधिकारीहरु पनि कोलोराडो आउने तयारीमा जुट्नु भएको छ । एनआरएनए एनसीसीले अमेरिकामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गर्दै पत्र पठाएको छ भने कोलोराडो च्याप्टरले पनि आफ्ना सबै सदस्यहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिसकेको छ । ‘महिलामा लगानी गरौंं, प्रगतिलाई गति दिऔं’ भन्ने नाराका साथ उक्त दिनको अवसरमा महिलाका बिभिन्न मुद्दाहरुमा प्रस्ट्याने तथा महिला सशक्तीकरण्, सहभागिता र प्रवासमा महिलाका समस्या, भूमिका बिषय लगायत छलफल र अन्तरक्रिया गर्ने त्यो दिनको मुख्य आकर्षक हुनेछ...