कोलोराडोमा कृष्ण जन्माष्टमीको अवसरमा भजन कृतन तथा प्रवचन कार्यक्रम सम्पन्न
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कृष्ण जन्म अष्टमीको पावन अवशरमा कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घर लगायत बिभिन्न मन्दिरहरूमा पुजा आरती, भजन कृतन तथा प्रवचनसंगै भब्यरूपमा जन्म अष्टमी मनाइएको छ ।
कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको आयोजनामा नेपाली सांस्कृतिक केन्द्र नेपाली घर, सनातन मन्दिर ब्राइटन, कृष्ण मन्दिर डेनभर, सनातन मन्दिर सेन्टेनियल लगायतका स्थानमा पुजा आरती, भजन कृतन तथा प्रवचन गर्दै भव्यताका साथ कृष्ण जन्म अष्टमी मनाइएको हो ।
सोमबार सांझ ६ बजे देखि राती ९ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आयोजित पुजा आरती, भजन कृतन तथा प्रवचन कार्यक्रमा पंण्डित जिवन बराल गुरूले सुमधुर भक्तिसंगित संगै कृष्णले कसरी कुन परिस्थितीमा पृथ्वी जन्म लिनु भएको थियो भन्ने कथा उपस्थित भक्त श्रद्दालु माझ प्रष्टाउनु भएको थियो । त्यसैगरी भजन समूहका संय...








