टेक्ससमा नेजाको आयोजनामा पत्रकारितामा एआई र सामाजिक सञ्जालको भूमिकाबारे अन्तरक्रिया
टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा शनिबार टेक्ससको युलेसमा प्रवासको पत्रकारितामा आर्टिफेसिएल इन्टेलिजेन्स, सामाजिक सञ्जालको भूमिका विषयमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख स्रोतव्यक्तिका रुपमा क्यानडाको ओटावा युनिभर्सिटीमा पत्रकारिताको अध्यापनरत डा। भानुभक्त आचार्यले पत्रकारहरुको लागि आउँदा दिनमा आर्टिफेसिएल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) चुनौति र अवसर दुबै रहेको चर्चा गरे । आचार्यले एआईलाई प्रयोग गर्न जान्ने हो भने पत्रकारका लागि ठूलो अवसर रहेको र त्यसबाट तथ्य संकलन, भेरिभाई, नयाँ डिजाइनमा काम गर्न सकिने प्रशस्न संभावना रहेको उल्लेख गरे ।
प्रवासमा रहेर पत्रकारिता गर्दाका चुनौतिका विषयमा समेत आचार्यले प्रष्ट्याउँदै एआईको प्रयोग गर्दा पुरै भर पर्दा विगतमा भएका केही मिडियाले माफी माग्नु परेको दृष्टान्त पेश गरेका थिए ।
सोही अवसरमा नेपाल समाचारप...









