१९ श्रावण २०८३, मंगलवार

कोलोराडो विशेष/अमेरिका

एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश

एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरले एकताको सन्देश दिएको छ । च्याप्टरमा चन्द्र गुरुङ र निमा शेर्पा अध्यक्ष रहेको दुई छुट्टाछुट्टै कार्य समिति चयन भए पनि आपसी समन्वय र समझदारीमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । यही अगस्ट १७ र १८ को निर्वाचनबाट च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएसँगै दुबै कार्यसमितिका पदाधिकारी, एनआरएनए कोलोराडोका निवर्तमान अध्यक्ष तथा एनसीसीका युवा उपाध्यक्ष प्रकाश पौडेल, च्याप्टरका पूर्व अध्यक्ष तथा एनसीसीका महासचिव आरसी पन्तले एकताको सन्देशसहित खुशीयाली मनाएका छन् । आगामी दिनमा एनआरएनए कोलोराडो एकढिक्का भएका अघि बढ्ने उक्त अवसरमा प्रतिबद्धता जनाइएको छ । July 27/28 election President = Chandra Gurung V.President= Binod Gurung Secretary = Bhuwan Sapkota Secretary (women)=Kalimaya Gurung Treasurer = Sandeep lama Bod = Suman patha...
एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साह र महासचिवमा मोहन न्यौपाने निर्वाचित

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साह र महासचिवमा मोहन न्यौपाने निर्वाचित

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको आगामी कार्यकाल (सन् २०२५–२७) का लागि अध्यक्षमा सतेन्द्र साह निर्वाचित भएका छन् । निर्वाचनको मत परिणाम अनुसार साहले ३ हजार २ सय २८ मत ल्याएर विजय हुन सफल भए भने उनका प्रतिस्पर्धीहरु भानु खरेलले २ हजार ५ सय ६, रामहरि अधिकारीले २ हजार ६३ र रामजि(राज) अधिकारीले १०५ मत प्राप्त गरे । यसैगरी, वरिष्ठ उपाध्यक्षमा सन्तोष पहरी विजयी भएका छन् । ४ जना राष्ट्रिय उपाध्यक्ष पदमा प्रदीप चौलागाई, डाक्टर गंगाधर आचार्य, आङ् छिरिङ शेर्पा र सुरेन्द्र लौडरी निर्वाचित भए । राष्ट्रिय महिला उपाध्यक्ष पदमा सुनिता खत्री निर्वाचित भएकी छिन्। त्यसैगरी, संघको युवा उपाध्यक्ष पदमा विजय वाइबा विजयी भएका छन् । निर्वाचन मत परिणाम अनुसार महासचिव पदमा मोहन न्यौपाने विजयी भए । त्यस्तै सचिव(खुला) मा सूर्य बस्ताकोटा विजयी भए । कोषाध्यक्ष पदमा रबिन्द्र उप्रेति विजयी भएक...
एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन् । सन् २०२५–२७ कार्यकालका लागि अगष्ट १७ र १८ मा भएको निर्वाचनबाट १५१ मतसहित शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अमृत विश्वकर्माले १०० मत प्राप्त गरे । त्यसैगरी च्याप्टरको उपाध्यक्षमा हरि गुरुङ निर्वाचित भएका छन् । उनले १४४ मत प्राप्त गर्दा सुमन केसीले १०४ मत प्राप्त गरे । कार्यसमितिका अरु पदाधिकारी र सदस्यहरु यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । यता, केही समयअघि नै एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा रहेको समिति निर्वाचित भएका थिए । एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित...
बीडीए कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन

बीडीए कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । बल्ड डोनर्स अफ अमेरिका (बीडीए) कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन भएका छन् । संस्थाका सदस्यहरूको हालै सम्पन्न भेलाले नवराज मरासेनीको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट ५ सदस्यीय कोलोराडो च्याप्टरको नयां कार्यसमिति गठन गरेको हो । यसरी चयन भएका संस्थाका अन्य सदस्यहरूमा शर्मिला शर्मा, चिरन्जिबी लम्साल , बिकाश भण्डारी र डा. शारदा त्रिपाठी रहेको अध्यक्ष मरासेनीले बताएका छन् । कार्यक्रममा बीडीए अमेरीकाको निवर्तमान केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठ, बरिष्ठ केन्द्रीय उपाध्यक्ष टिका पौडेल, केन्द्रयि कोषाध्यक्ष फणिन्द्र क्षेत्री लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो । अमेरिकामा रक्तदान जीवनदान भन्ने मान्यतालाई सार्थक रूपदिन नेपालीहरूको सकृयतामा सन् २००९ मा स्थापित यस संस्थाको कोलोराडो लगायत २ दर्जन भन्दा बढि स्टेटमा च्याप्टर गठन भइसकेको छ ।...
कोलोराडो बोल्डरमा कुमारी रथ तानेर येंयाः (इन्द्र जात्रा) मनाइँदै

कोलोराडो बोल्डरमा कुमारी रथ तानेर येंयाः (इन्द्र जात्रा) मनाइँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालको धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले येंयाः (इन्द्र जात्रा) को कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रममा गणेश, भैरव सहित जीवितदेवी कुमारीको रथयात्रा, लाखे नाच, धिमेबाजा, पुलुकिसि नाच, हाथु हायेके, परम्परागत नेवाः गीत संगीत तथा नृत्य, समेबजि वितरण, जस्ता कार्यक्रम रहेको संस्थाका महासचिव सञ्जय शाक्यले बताएका छन् । भौगोलिक अवस्थितिले काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो मात्र नभएर काठमाडौं र बोल्डरको भगिनी सम्बन्ध भएकोले पनि यस वर्षको इन्द्र जात्राले विशेष महत्व राख्दछ । जात्रालुहरूलाई निःशुल्क प्रवेश र समेबजिको व्यवस्था गरिएको कोलोराडो नेवाः खलः मिसा कवका संयोजक रमिता तुलाधरले प्रष्ट्याएकी छन् । सेप्टेम्बर ७ आइतबारका दिन दिउँसो १२ बजे देखि ४ बजेसम्म संचालन हुने जात्रामा सहभागीहरूको लागि...
कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको सहभागितामा सामुहिक रूपमा तिजको दरखाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुखदुःख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा बसुन्धरा भुषालको सहभागिता भएको हो । कोलोराडो स्थित वेष्टमिनिष्टर सिटीमा आइतबार सांझ ५ बजे देखी राती १० बजेसम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको शुरूमा सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष धन पौडेलले उपस्थित सब...
कोलोराडोमा नेपाली घरलाई व्यवस्थितरूपमा संचालन गर्न सामुदायिक सहकार्य परिषद गठन

कोलोराडोमा नेपाली घरलाई व्यवस्थितरूपमा संचालन गर्न सामुदायिक सहकार्य परिषद गठन

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । कोलोराडोवासी नेपालीभाषी सामाजिक संघ संस्थाहरुको आर्थिक र भौतिक योगदानबाट निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्रलाई व्यवस्थितरूपमा संचालनगर्न सामुदायिक सहकार्य परिषद गठन गरिएको छ । नेपालीभाषी समुदाय र सामाजिक संघ संस्थाबीच समन्वय संगसंगै कार्यगत एकताबाट निर्माण भैरहको नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) लाई सामुहिक प्रयत्नबाट संचालनका लागी सामुदायिक सहकार्य परिषद गठन गरिएको हो । नेपालीभाषा संस्कृतिको जगेर्ना गर्दै पुस्तान्तरण गर्न, नेपाली समाजलाई अमेरिकी प्रणालीसँग परिचित गराउंदै मूल अमेरिकी समाजमा चिनाउन, विविध चाडपर्व कार्यक्रमहरू संचालन गर्न स्थापित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) सबैको साझा सम्पत्ती हो । यसप्रति नेपाली समुदायको अपनत्वको भाबना जागृत गराउदै वित्तीय रूपमा समेत दीगो तरिकाले संचालन गर्नुपर्ने वास्तविकतालाइ आत्मासाथ गर्दै नेपालीभ...
एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित

एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा चन्द्र गुरुङ निर्वाचित भएका छन् । त्यसैगरी च्याप्टरको सचिवमा भुवन सापकोटा निर्वाचित भएको च्याप्टरका निवर्तमान अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो । सन् २०२५–२७ कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जूलाई २७ र २८ गते निर्वाचन भएको थियो । अध्यक्षमा निर्वाचित गुरुङ च्याप्टरको २०२३–२५ कार्यकालमा युवा संयोजक थिए । त्यस्तै सोही कार्यकालमा सल्लाहकार रहेका सापकोटा सचिवमा निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा बिनोद गुरुङ, महिला सचिवमा कालिमाया गुरुङ, कोषाध्यक्षमा सन्दीप लामा र बीओडीमा सुमन पाठक, सहन पौडेल र सवन पोखरेल निर्विरोध निर्वाचित भएका छन् । नयाँ कार्यसमिति चयनका लागि अध्यक्ष र सचिव पदमा मात्रै चुनाव भएको थियो । ...
कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा अगष्ट १० मा दरखाने कार्यक्रम हुँदै

कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा अगष्ट १० मा दरखाने कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी नेपालीभाषी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक रुपमा दरखाने भएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई आफु एक्लो भएको महशुस नहोस र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै दरखादा माईतीको झल्को मेटाउन सकियोस भन्ने उद्धेश्यले यसबर्ष पनि दरखाने कार्यक्रम आयोजना गर्न लागिएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका अध्यक्ष धन पौडेलले बताएकी छन् । यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र यहाका स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचान गराउन सहयोग पुग्ने उनको ठम्याइ रहेको छ । कार्यक्रम यही अगष्ट १० तारिक आइतबार सांझ ५ बजे देखी ( West View Recreation Centre 10747 W 108th. Ave, Westminster Co. 80021) संचालन हुने छ । कार्यक्रम बारे फेस...
एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा विकास उप्रेती र महासचिव आरसी पन्त निर्वाचित

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा विकास उप्रेती र महासचिव आरसी पन्त निर्वाचित

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि विकास उप्रेतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । प्रमुख निर्वाचन आयुक्त अनुप श्रीवास्तवका अनुसार उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा दीपक सापकोटा, दिवाकर पाण्डे, कुमार तामाङ र थलवीर ओली निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा शान्ति पौडेल र युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल (प्रकाश) निर्वाचित भएका छन् । एनआरएनए एनसीसी अमेरिकाको महासचिवमा राम चन्द्र (आरसी) पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा संगीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुंगाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना निर्वाचित भएका छन् । त्यसैगरी महिला संयोजकमा सावित्रा शिवाकोटी र युवा संयोजकमा आशिष संग्रौला चयन भएका छन् । आरसीसीहरुमा छिरिङ शेर्...