३१ बैशाख २०८१, सोमबार

कोलोराडो विशेष/अमेरिका

दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासंगै नेपाली घरको एघारौं साधारण सभा सम्पन्न

दाताहरुबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासंगै नेपाली घरको एघारौं साधारण सभा सम्पन्न

-नातिबाबु भट्ट/कोलोराडो । कोलोराडोमा सकृय नेपाली भाषी समुदायको साझा संस्था नेपाली घरको एघारौं साधारण सभा गत आईतबार एक समारोह बीच सम्पन्न भएको छ । हेल्पिङ हेण्डका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी डा बिजयराज शर्मा, नेपाली घरका सल्लाहकारद्वय पुरुषोत्तम पाण्डे, रमेश गुरूङ र नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल बाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको ११औं साधारण सभामा कोलोराडो स्थित प्रायः सबै संघ संस्थाका अध्यक्ष एबं प्रतिनिधी, बुद्धिजिवी, उद्योगी, व्यवसायी र नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाली सांस्कृतीक केन्द्र भवनमा सम्पन्न कार्यक्रमा नेपाली घरका निवर्तमान अध्यक्ष लछुमन रानाले हालै खरिद नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा सिटी संग भए गरेका कृयाकलापको प्रगती बिवरण प्रश्तुत गरेका थिए । ...
अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

अबैधरुपमा अमेरिका पुगेका सिन्धुपाल्चोकका श्रेष्ठको मृत्यु

काठमाडौं । एजेन्टलाई ८५ लाख बुझाएर अमेरिका पुगेका एक नेपालीको मृत्यु भएको छ । साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ सखुवा बजारका ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । श्रेष्ठ गत भदौ ५ गते उनी घरबाट हिँडेका थिए । उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो । मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श...
नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल सम्बत ११४४ को अवसरमा कोलोराडोमा भयो शुभकामना आदान प्रदान कार्यक्रम

-नातिबाबु भट्ट/ कोलोराडो । नेपाल सम्बत ११४४ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले शनिबार एक कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गरेका छन् । कोलोराडो नेवाः खलःले आयोजना गरेको न्हूदँया भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन् । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी र आयोजक संस्थाका पदाधिकारीहरु लयागतको उपस्थिती रहेको थियो । संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष भुषणलाल श्रेष्ठले संस्थाको पहलमा गरिएका कामको बिवरण प्रस्तुत गरेका थिए । केही समय अगाडि नेपाली सांस्कृतिक केन्द्र भवनको प्रांगणमा ईन्दजात्रा सम्पन्न गरिएको थियो । राष्ट्रिय बिभुती तथा नेपाल सम्वतका प्रवर्तक ...
अमेरिकाको बोस्टनमा पनि खेलियो देउसी भैलो

अमेरिकाको बोस्टनमा पनि खेलियो देउसी भैलो

अमेरिका । अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (प्याब्फोन) द्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न गरिएको छ । गत सोमवार साँझ आफ्नै भवनमा रहेको पशुपतिनाथ बुद्ध मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । धार्मिक, सांस्कृतिक, रीतिरिवाज, परम्परा, नेपालीपन तथा पहिचानको संरक्षण, संवर्धन, प्रवर्धन तथा पुस्ता हस्तान्तरण गर्ने र मन्दिर तथा सामुदायिक भवनलाई नियमितरुपमा प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग जुटाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा ‘बोस्टन सुसेली समूह’का चर्चित कलाकारहरुदेखि उदयमान स्थानीय कलाकारहरु समेतको बेजोड प्रस्तुति रहेको थियो ।  ...
भूकम्पपीडितलाई सहयोग जुटाउन कोलोराडोमा ‘गो फन्ड मी’ सञ्चालन

भूकम्पपीडितलाई सहयोग जुटाउन कोलोराडोमा ‘गो फन्ड मी’ सञ्चालन

कोलोराडो । नेपालको जाजरकोटलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पपीडितलाई सहयोग जुटाउन अमेरिको कोलोराडोमा सबै नेपाली भाषीहरूको सक्रियतामा ‘गो फन्ड मी’ खोलिएको छ । कोलोराडोमा क्रियाशील सबै संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, दाताहरुको भेलाले भूकम्पपीडितलाई यथाशक्य सहयोग गर्न अपिल गर्दै संयुक्तरूपमा ‘गो फन्ड मी’ खोलिएको हो । नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, एनआरएनए कोलोराडो च्याप्टर, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखा, मगर संघ कोलोराडो च्याप्टर, दिदीबहिनी समूह कोलोराडो, तमु धिँ कोलोराडो , कोलोराडो नेवाः खल, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टर, जातिभेदविरुद्ध विश्व लगायतका संघसंस्थाले सहयोग संकलन र हस्तान्तरण गर्ने उल्लेख गरेका हुन् ।...
जय नेपाल फाउण्डेशनले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

जय नेपाल फाउण्डेशनले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

अमेरिका । दशैं र तिहार जस्ता पर्वको उपलक्षमा ‘जय नेपाल फाउन्डेसन’ ले गत आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष डा. यादव पण्डितको सभापतित्वमा अनलाइन माध्यम जुमबाट आयोजित कार्यक्रममा एसिया, अस्ट्रेलिया, युरोप, अमेरिका महादेशका विभिन्न देशबाट आमन्त्रितहरू सहभागी रहेका थिए । महान चाड दशैं र तिहारले नेपाल र विश्वभर छरिएर रहनु भएका नेपालीहरूमा शुख शान्ति, सम्बृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिएको अध्यक्ष यादवले बताउनु भयो । सो अवसरमा अध्यक्ष डा. पण्डितले नेपालीहरुको उपस्थिति रहेका सबै देशमा फाउन्डेसनको शाखा बिस्तार गरिने बताउँदै गत अक्टोबरबाट सम्पर्क कार्यालय नेपालको काठमाडौंमा स्थापना गरिएको जानकारी दिनु भयो । प्रजातान्त्रिक विचार र सामाजिक भावना भएका व्यक्तिहरू एउटा साझा चौतारीमा बसेर विभिन्न मुद्धाहरुमा बिचार मन्थन, प्राज्ञिक छल...
भाषा पाठशालाको सहयोगार्थ च्यारिटी शोः कलाकारहरुको प्रस्तुतीमा झुमे कोलोराडोवासी

भाषा पाठशालाको सहयोगार्थ च्यारिटी शोः कलाकारहरुको प्रस्तुतीमा झुमे कोलोराडोवासी

कोलोराडो । नेपाली भाषा पाठशालाको सहयोगार्थ अमेरिकाको कोलोराडोमा च्यारिटी शो सम्पन्न भएको छ । कोशेली कोलोराडोको प्रस्तुती सो कार्यक्रम नोभेम्बर १० तारिकका दिन साँभल डेनभर साउथ हाई स्कूलमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा चर्चित गायक/संगीतकार न्हयू बज्राचार्य, कालिप्रसाद बास्कोटा र चर्चित गायिका इन्द्रिरा जोशीले आ–आफ्नो प्रस्तुति दिएका थिए । गायक/गायिकाको प्रस्तुतीबाट कार्यक्रममा उपस्थितहरुले भरपूर मनोरञ्जन प्राप्त गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखा, एनआरएनए कोलोराडो, सिस्टर्स ग्रुप अफ कोलोराडो, र टुकी इभेन्टसको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो कार्यक्रममार्फत नेपाली भाषा पाठशाला सञ्चालनको लागि आर्थिक सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिए । नेपाल भाषा पाठशाला ...
नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम सम्पन्न

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा देउसी भैलो कार्यक्रम सम्पन्न

कोलोराडो । नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ अमेरिका स्थित कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रम आयोजना भएको छ । कोलोराडोमा क्रियाशील संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघ संस्थाहरुको सहयोगमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो । सोही क्रममा नेपाली सांस्कृतिक केन्द्र भवनमा नोभेम्वर १० तारिक शुक्रबार सांझ ६ बजे देखी १० बजेसम्म देउसी भैलो खेलिएको थियो । देउसी भैलोलाई भब्यताका साथ सम्पन्न बनाउन बासु खनालको संयोजनमा मूल समिति, बिभिन्न बिषयगत उप समितिहरु समेत गठन गरिएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट १५ हजार ४ सय ५३ डलर संकलन गरिएको नेपाली घरका महासचिव भोला कटुवालले बताउनु भयो । उक्त रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने बताइएको छ । कोलोराडो सामुदायिक केन्द्र (नेपाली घर) को सहयोगार्थ खेलिएको देउसी भैलो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा स...
कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

कोलोराडोमा बालबालिकालाई भाषा सिकाउँदै ‘नेपाली भाषा पाठशाला’

कोलोराडो । अमेरिकाको कोलोराडो निवासी नेपालीमूलका बालबालिकालाई नेपाली भाषा पढ्न, लेख्न, सुन्न र बोल्न सिकाउने उद्देश्यसहित नेपाली भाषा पाठशाला सञ्चालनमा रहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नेतृत्व तथा दिदीबहिनी समूह (सिस्टर्स ग्रुप), गैर आवासिय नेपाली संघ (एनआरएनए कोलोराडो), नेपाली घर र रक्की माउन्टेन फ्रेण्डस् अफ नेपाली संस्थाको सहयोग र समन्वयमा उक्त पाठशाला सञ्चालन भएको हो । पाठशाला सन् २०२२ जुनबाट सञ्चालनमा आएको हो । पहिलो वर्ष कोलोराडोको नर्थग्लेन एक ठाउँमा मात्रै सञ्चालन भएको पाठशाला सन् २०२३ मा अरोरामा पनि बिस्तार भएको छ । पहिलो वर्ष भाषा पाठशालामा ४० जना र दोस्रो वर्ष दुई ठाउँमा गरी १२० जना बालबालिका सहभागी भए । प्रत्येक वर्ष कोलोराडोमा मे महिनादेखि अगस्ट महिनामासम्म विद्यालयहरु बन्द हुन्छन् । यो समर ब्रेकका ४ महिना नेपाली भाषा पाठशाला सञ्चालन हुने ग...
युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्ने उत्तर कोरियाको आलोचना

युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्ने उत्तर कोरियाको आलोचना

एजेन्सीहरु । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गर्नुभएको छ । अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ । जापानमा जी–७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिङ्केन अहिले सोलमा हुनुहुन्छ । उहाँले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग सोलमा भेटवार्ता गर्नुभएको छ । “उहाँहरूले युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गर्नुभएको छ”, राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिङ्केनको भेटपछि अमेरिकी विदेश मन्त्राल...