१९ श्रावण २०८३, मंगलवार

कोलोराडो विशेष/अमेरिका

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

कोलोराडोमा हुने नेपाली राहदानी सेवा शिविरमा अनलाइन आवेदन फारम भर्ने तरिका

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडोमा आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुन लागेको राहदानी सेवा शिविरमा सेवालिन सेक्टेम्बर २५ तारिक देखि अनलाइन आवेदन खुलेको छ । नेपाली कम्युनिटी सेन्टर नेपाली घरमा आयोजनाहुने सेवा शिविरमा सेवालिन चाहनुहुने महानुभावहरूका लागी वाशिङ्गटन, डी सी स्थित नेपाली राजदुतावासले सेप्टेम्बर २५ मा एक सुचना जारीगरी यसबारे जानाकारी गराएको हो । आगामी अक्टोबर १०, ११ र १२ तारिखमा आयोजना हुने उक्त शिविर नेपाली घर (4001 W 76th Avenue Westminster) मा सञ्चालन हुनेछ । सेवा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुने बताइएको छ । सेवा शिविरमा राहदानी नवीकरण, एनआरएन कार्डको अवेदन संकलन, र ट्रावल डकुमेन्टको सेवा उपलब्ध हुने नेपाली घरका अध्यक्ष बसन्त लम्सालले बताएका छन् । राजदुतावासले शिविरमा सहभागी हुन चाहने आवेदकहरूका लागि अनलाइन फाराम भर्ने प्रक्रियाबारे...
अक्टोबर १०, ११ र १२ मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने

अक्टोबर १०, ११ र १२ मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टर, हेल्पिङ ह्याण्डस्, नेपाली घर तथा सम्पूर्ण नेपाली संस्थाहरूको सहकार्यमा आगामी अक्टोबर १०, ११ र १२ गते कोलोराडोमा नेपाली दूतावासको घुम्ती शिविर सेवा हुने भएको छ । दूतावासको उक्त घुम्ती शिविर सेवामा सहभागी भई सेवा लिनका लागि सम्पूर्ण कोलोराडोवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू साथै छिमेकी राज्यहरूमा बसोबास गर्ने नेपालीहरूलाई हार्दिक आमन्त्रण गरिएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा स्वयंसेवकको आवश्यकता रहेको हुँदा इच्छुक सबै महानुभावहरूले नाम दर्ता गरिदिनुहुन एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष निमा शेर्पा र चन्द्र गुरुङले अनुरोध गरेका छन् । घुम्ती शिविर सेवा — कोलोराडो नेपाली पासपोर्ट, NRN कार्ड, कन्सुलर सेवा — सबै एकै ठाउँमा ! स्थान: नेपाली कम्युनिटी घर, कोलोराडो - मिति: October 10, 11, 12 समय: बिहानदेखि ...
कोलोराडोमा जेनजी पुस्ताको आन्दोलनमा मारिएका युवाको सम्झनामा दीप प्रज्वलन

कोलोराडोमा जेनजी पुस्ताको आन्दोलनमा मारिएका युवाको सम्झनामा दीप प्रज्वलन

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपालमा शान्तिपूर्ण आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवाको सम्झनामा कोलोराडोमा दिप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको छ । एनआरएनए कोलोराडो च्याप्टरको आयोजना तथा स्थानिय संघ संस्था र नेपालीभाषी समुदायका जेनजी पुस्ताका यूवायूवतीहरूको उल्लेख्य सहभागीतामा दिप प्रज्वलन तथा शोकसभा सम्पन्न भएको हो । नेपाली सांस्कृतिकक केन्द्र नेपाली घरको प्राङ्गणमा अयोजित कार्यक्रम साँझ ७ः३० बजेपछि सुरु भएको थियो । कार्यक्रमको शुरूमा दिवंगत युवाहरूको संझनामा एक मीनेट मौनधारण गर्दै अगाडि बढाइएको कार्यक्रममा एनआरएनए कोलोराडो च्याप्टरका पदाधिकारी, एनआरएनए एनसीसीका पदाधिकारी, स्थानिय संघ संस्थाका पदाधिकारी र जेनजीहरूले शोक मन्तब्य राखेका थिए । उनीहरूले निर्दोष युवाहरूको बलिदानलाई सम्मान गर्दै अत्माको चीरशान्तिका लागि दीप प्रज्वलन तथा शोकसभा कार्यक्रमको आयोजना गरिएको बताएका थ...
कोलोराडोको बोल्डरमा कुमारी रथ तान्दै मनाइयो इन्द्रजात्रा

कोलोराडोको बोल्डरमा कुमारी रथ तान्दै मनाइयो इन्द्रजात्रा

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले आयोजना गरिएको इन्द्रजात्रा भब्यताका साथ सम्पन्न भएको छ । कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः समुदायले मनाउने येंयाः बोल्डर शहरको बेण्डसेलमा आइतबार कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा, धिमेनाच, लाखेनाच तथा बिभिन्न नेवाः सांस्कृतिक नृत्य संगै भब्यरूपमा सम्पन्न भएको हो । इन्द्रजात्रा गणेश, कुमारी, अकाश भैरवको विधी पूर्वक पूजा अर्चना गरेर शुरू गरिएको थियो भने, रथयात्रा कार्यक्रमको प्रमुख अतिथी बोल्डरकी डेपुटी मेयर लरेन फोल्कर्ट्सले कुमारीरथमा अंकित भैरवलाई फुलमाला लगाएर कार्यक्रम शुरू गरेकी थिइन् । कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार, नेपालीभाषी बाबा आमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेक...
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालमा पदाधिकारी तथा सदस्यहरु मनोनित

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालमा पदाधिकारी तथा सदस्यहरु मनोनित

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको नयाँ कार्यकाल (२०२५-२०२७) को लागि कार्यसमिति चयन कार्य सम्पन्न भएको छ । कोलोराडोवासी नेपालीभाषी समुदायको जेठो संस्था रक्कि माउन्टेन फ्रेन्ड्स अफ नेपालले संस्थाको विधान अनुसार विद्यमान कार्यकालका लागि गत अप्रिल २०२५ मा निर्वाचन सम्पन्न गरी पदाधिकारी चयन गरिएको थियो । सम्पन्न निर्वाचनमा केही पद रिक्त रहेकोमा संस्थाको हालै सम्पन्न कार्यसमितिको पूर्ण बैठकले निर्णय गरी देहाय बमोजिमको पदाधिकारी तथा सदस्यहरुको मनोनित गरिएको संस्थाका अध्यक्ष आकृति राईले बताएकी छन् । संस्थाको गत अप्रिलमा सम्पन्न भएको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा महिला कोर्डिनेटरमा क्रमशः आकृती राई अधिकारी, हरीबहादुर गुरुङ, तेजप्रसाद ढकाल, शुनीता अधिकारी र रमीता तुलाधर र बोर्डअफ डिरेक्टरहरुमा सन्तोष विश्वकर्मा र बिष्णु बिक निर्विरोध...
अमेरिकाको कोलोराडोमा नेपालीभाषीको लगानीमा ठूला ब्यावसाय धमाधम खुल्दै

अमेरिकाको कोलोराडोमा नेपालीभाषीको लगानीमा ठूला ब्यावसाय धमाधम खुल्दै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । मातृभूमिबाट अवसरको खोजीमा अमेरिका आइपुगेका नेपालीभाषीहरूले साना ब्यावसायमात्र होइन एक पछि अर्को गर्दै ठूला ब्यावसायमा लगानी गर्न थालेका छन् । बिशेषगरी नेपालीभाषीहरूको लगानीमा रेष्टुरेण्ट, ग्यास स्टेशन जस्ता साना ग्रोसरी पसल र पार्लर ब्यावसाय सयौंको संख्यामा रहेको कोलोराडोमा अब बिस्तारै उनीहरूको ध्यान ठूला ब्यावसाय तर्फपनि मोडिन लागेको हो । यसरी ठूला ब्यावसाय खोल्ने क्रममा केही ब्यावसायीहरूले अमेरिकाको सबै स्टेटलाई लक्ष्य गरेर खोलेका छन् भने कसैले कोलोराडोलाई मात्र लक्ष्य गरेर खोलेका छन् । यसैक्रमममा कोलोराडोका साउथ एसियन ग्रोसरी, रेष्टुरेण्ट र क्याट्रिन ब्यावसायीहरूलाई लक्ष्यगरी नेपालीभाषीको लगानीमा कोलोराडोको अरोरामा शनिबार दखि होलसेल पसलको शुभारम्भ गरिएको छ । अरोरा पार्कर (3055 S Parker Rd. Aurora CO.80014) स्थित लक्ष्मीफुड्स होलसेल एण्ड रेष्टुरेण्...
बीडीए सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाद्वारा आयोजित कार्यक्रममा ३३ जनाले गरे रक्तदान

बीडीए सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाद्वारा आयोजित कार्यक्रममा ३३ जनाले गरे रक्तदान

लस-एन्जलस । ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाको आयोजनामा मंगलबार लस एन्जलसको डाउन टाउनमा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । झन्डै ४५ जना रक्तादाताले रक्तदानको लागि अनलाइन उपस्थिति जनाए पनि ३३ जना रक्त दाताहरुले रक्तदान गरेका हुन् । लस एन्जलसको डाउन टाउनस्थित रिवाज बेङ्क्वेटमा आयोजित रक्दान कार्यक्रममा बिडीए सोकल च्याप्टरका अध्यक्ष शम्भु शिवाकोटीको आयोजनामा रक्दातन कार्यक्रम सम्पन्न भएको थियो । रक्दातन कार्यक्रममा बिडीए सोकल च्याप्टरका सदस्यहरुले पनि रक्दान गर्दै कार्यक्रम सफलताको लागि स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए । सेवा परमो धर्मको मूलमन्त्रसहित आयोजित रक्दान कार्यक्रममा रक्तदाताहरुलाई फलफुल पानी, टिशर्ट वितरण गरिएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष झमक निरौला, केन्द्रीय सदस्य शारदा श्रेष्ठको उपस्थितिमा सम्पन्न रक...
कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये अरोराको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्त समारोह अरोरा स्मोकी हिलस्थित चर्चमा आयोजित एक समारोहकाबीच अगस्त ३० तारिखमा सम्पन्न भयो । यस कार्यक्रममा झण्डै १०० जनाको समुपस्थितिमा करिब ३ दर्जन बालबालिका यहाँ दीक्षित भएका थिए । स्मरणीय छ, यस्तै दीक्षान्त समारोह गत हप्ता नर्थग्लेन पाठशालाका विद्यार्थीहरूका लागि नेपाली घरमा आयोजना गरिएको थियो । कार्यक्रमका सञ्चालक समाजसेवी राजु खनालले सञ्चालन गर्नुभएको यस कार्यक्रमको शुभारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका सचिव परिवेश शर्माले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई स्वागत गर्दै पाठशाला सञ्चालनको उद्देश्यबारे अवगत गराउनुभएको थियो । यस कार्यक्रममा दीक्...
कोलोराडोमा नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जनप्रति समर्पित पुस्तक विमोचन

कोलोराडोमा नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जनप्रति समर्पित पुस्तक विमोचन

कोलोराडो । गोपालय यू.एस.ए. र गोपाल योञ्जन फाउन्डेशन नेपालले, कोलोराडो नेपालीज कम्युनिटी र नेपाली जात्रा संस्थासँग सहकार्य गर्दै, नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जन (२०००–२०५३) प्रति समर्पित पुस्तक विमोचन तथा गोपाल योञ्जनका विविध रचनाका झलकहरूको कार्यक्रम डेनभरस्थित Spur, Colorado State University मा आयोजना भएको छ । यस प्रकारको कुनै नेपाली प्रबुध्द् सांगीतिक व्यक्तित्वमाथि प्रकाशन भएको यो पहिलो अंग्रेजी कफि टेबल पुस्तक हुन पुगेको छ । कार्यक्रमको शुरूवात कोलोराडो स्टेटका तर्फबाट, डा. सुजान ई. जल्बर्टको स्वागत मन्तव्यबाट भयो । त्यसपछि गोपालया यूएसएकी निर्देशक श्रीजना सिंह योञ्जनले गोपालय र गोपाल योञ्जन फाउन्डेशन नेपालको उद्देश्यबारे जानकारी दिइन् । उपस्थित दर्शकहरूले ‘हर नाद’ शीर्षकको योञ्जनप्रति समर्पित म्युजिक भिडियोको कलात्मक अनुभूति पछि पुस्तकका लेखिका, गोपाल योञ्जनकी पत्न...
कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये नर्थग्लेनको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्तसमारोह वेस्टमिन्स्टरस्थित नेपाली घरमा अगस्त २३ शनिवारका दिन हर्षोल्लासका साथ सम्पन्न भएको छ । अनौपचारिक तवरले सञ्चालित यस कार्यक्रमको प्रारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका महासचिव पुष्पराज पौडेलले सञ्चालन गर्नुभएको यस कार्यक्रममा दीक्षित विद्यार्थी रचित रेग्मीबाट हनुमान चालिसा कण्ठस्थ पाठ गरिएको थियो । समारोहमा समृद्धि खड्का, सिमरन सुवेदी, सृष्टि खड्का लगायतले विधार्थी गान र नृत्य प्रस्तुत गरेका थिए । यसैगरी ठूलो, मध्यम तथा सानो कक्षाका विद्यार्थीहरूले पालैपालो कक्षागत रूपमा तयार पारिएको सामूहिक गीत तथा कविता वाचन गरेका थिए । यसलगत्तै खुशी र एञ्जल पौडेल दिदीबहिन...