कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले विभिन्न पाँच जना व्यक्तित्वलाई शाखाको विशेष परिषद्मा मनोनित गरेको छ ।
शाखा अध्यक्ष किरण अधिकारीका अनुसार कपिलदेव सुवेदी, कृष्णमुरारी ढुंगेल, प्रमिला शर्मा, मनोज तुलाधर र राजु सिटौलाललाई विशेष परिषद्मा मनोनित गरिएको हो ।
नेपाल । मध्यनेपाल नगरपालिका वार्ड नं–७, लमजुङका स्थायी बासिन्दा तथा हाल अमेरिकाको कोलोराडो निवासी पूर्वशिक्षक हरिभक्त आचार्य र श्रीमती इश्वरादेवी आचार्यले विद्यालयमा अक्षय कोष स्थापना गर्नु भएको छ ।
आफ्ना पितृहरूको स्मृतिमा श्री भैरवकाली माध्यमिक विद्यालयमा रु. १,११,१११/–राशिको ‘तीर्थराज आचार्य, पदमपाणी तथा पवित्रा घिमिरे स्मृति अक्षयकोष’ स्थापना गर्नु भएको हो । उक्त कोषबाट प्राप्त हुने लाभ शैक्षिक उन्नयका लागि उपयोग गरिने छ ।
आचार्य परिवारलाई उक्त कोष स्थापनाका लागि विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ ।...
कोलोराडो । शेर्पा संघ कोलोराडोको विशेष अनुरोधमा कोलोराडोका गभर्नर जारेड पोलिसले मे ३१ लाई शेर्पा दिवसको रूपमा मान्यता दिनु भएको छ ।
संघका सल्लाहकार पेम्बा तेन्जिङ शेर्पा तथा समाजसेवी नारायण श्रेष्ठको पहलमा अन्य नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा कोलोराडोका गभर्नर पोलिसद्वारा मे ३१ लाई शेर्पा दिवसको रूपमा मान्यता दिने बताउनु भएको हो ।
साथै जो कोही सगरमाथा आरोहीहरूले कोलोराडोको गभर्नरबाट यस अगाडि सम्मान प्राप्त नगरेको भए सम्मान उहाँहरुलाई उचित कदर गर्दै सम्मान पत्र प्राप्त गर्ने पहल गर्ने शेर्पा संघले जनाएको छ ।
...
–आर सि पन्त–
केहि महिना अघि हाम्रो पारिवारिक साथिको घरमा पारिवारिक शोक पर्यो, घरको एक मध्यम उमेरका पुरुषको हृदयाघातले मृत्यु, उमेर चालिसको दशक । पछि थाहा भयो , उनको धेरै स्टक, डिजिटल सम्पत्ति र अन्य मूल्यवान चीजहरू रहेछन, तर परिवार अझै सम्मपनि पासवर्ड र कागजात खोज्दै छन् । यहॉं लाखौ डलर कसरी परिवारले पहुचमा ल्याउने भनेर यो घटनाको तयारी अभावले शोकलाई झन् कष्टकर बनायो ।
यो घटना सुनेपछि हाम्रो परिवारमा पनि मृत्यु भयो भने के गर्ने भन्ने बारे ठट्टै भए पनि कुरा भएको थियो - मैले मेरो श्रीमतिलाई एकदिन सुत्ने बेला ओच्छानमा पल्ट्टिदा भने यदि भोलि बिहान म उठिन भने मेरो कामको म्यानेजरलाई सम्पर्क गर्नू, कामबाट पाउने जीवन बीमा र अन्य लाभका लागि लाखौ डलर छ, उनले पनि हास्दै भनिन्- मलाई केही भए मेरो खातामा यति डलर छ है ! हाँसोमा भएको यो कुराले असहज सत्य देखायो, हामी प्राय: यस्ता कुराकानी गरिरहिन्छ, तर यस...
कोलोराडो । अनेसास कोलोराडो शाखाको आयोजनामा शनिवार (मार्च २२, २०२५) का दिन वेस्टमिनिस्टरस्थित नेपालीघरमा आयोजित साहित्यिक कार्यक्रम सल्लाहकारहरुलाई स्वागत तथा सहभागी साहित्यकारहरुबाट रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष किरण अधिकारीले गर्नुभएको थियो भने सञ्चालन महासचिव पुष्पराज पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित ४ जना सल्लाहकारहरु अनेसास बीओटी अध्यक्ष पदम विश्वकर्मा, पूर्व अध्यक्ष भूपेन्द्र महत, पूर्वकार्यवाहक अध्यक्ष विजयदेव अधिकारी र सिस्टर्स ग्रुपका अध्यक्ष धन पौडेललाई रुद्राक्षका माला र खादा लगाएर स्वागत गरिएको थियो ।
केन्द्रीय महासचिव राजु सिटौला र केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले रुद्राक्षका माला लगाएर सल्लाहकारहरुलाई सम्मान गर्नुभएको थियो ।
शाखाका उपाध्यक्ष निर्मला अर्यालले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा यो । अध्यक्ष किरण अध...
अमेरिका । ब्लड डोनर्स अफ अमेरिकाको पाँचौं अधिवेशन जुलाई १९-२० मा बोस्टनमा हुने भएको छ ।
अमेरिकाको विभिन्न राज्यमा २२ वटा शाखा भएको उक्त संस्थाको अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी भइरहेको छ ।
सोही अवसरमा अनेसास बोस्टन च्याप्टर र बीडीए म्यासाचुसेट्स च्याप्टरको सहआयोजनामा ‘गजल उत्सव–६’ को पनि आयोजना हुँदैछ । कार्यक्रम स्थानीय नेपाली कम्युनिटी सेन्टरमा हुँदैछ ।
कार्यक्रमलाई भव्यताका सम्पन्न गर्न आयोजक समितिले सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गरेको छ । बीडीएका अध्यक्ष भुषणलाल श्रेष्ठले कार्यक्रमलाई भव्यताका साथ सफल गराउन सबैसँग अनुरोध गर्नु भएको छ ।
उक्त अधिवेशनले बीडीएको नयाँ कार्यसमिति पनि चयन गर्नेछ । बीडीएको पाँचौं अधिवेशनको मिडिया पार्टनरमा कोलोराडो खबर डटकम रहेको छ ।
...
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपाली भाषीहरुले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप, सद्भावसंगै असत्य माथी सत्यको विजय भएको खुसीयालीमा मनाईने फागु पूर्णिमा (होली) एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा शनिबार दिउँसो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रंग लगाइ उनीहरुले होली मनाएका हुन् ।
कार्यक्रमको शुरुमा पण्डित जीवन बरालले बिधिबत पूजा सम्पन्न गरी होलीको महत्व प्रकाश पार्नु भएका थियो । त्यसपछि उहाँले सबैलाई प्रसाद लगाई दिएपछी एक आपसमा रंग लगाउने कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा कोलोराडोमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतीलाई मनपराउने स्थानीय तथा नेपाली बाआमा, दाजुभाई दिदी ब...
नेपाल । मधेशी एकता समाजले आफ्नो संगठन अमेरिकामा पनि विस्तार गरेको छ ।
मधेशी एकता समाज नेपालका गैरआवासीय मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो । समाजका संस्थापक डा.रविन्द्र कुमार यादवले अमेरिकामा आधिकारिक रूपमा संगठन गठन भएको जानकारी दिनुभयो ।
समाजले अमेरिकाको टेनेसी बस्ने अनिल साहको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गर्दै अमेरिका शाखा गठन गरेको हो ।
नयाँ कार्यकारी समितिको वरिष्ठ उपाध्यक्ष संजय जयमिरे (टेक्सास), उपाध्यक्ष (अन्तर्राष्ट्रिय)मा शशी यादव (टेक्सास), उपाध्यक्ष (राष्ट्रिय)मा प्रा. मनोहर साह (उत्तर डकोटा), महासचिवमा सुजित झा (टेक्सास), सहसचिवमा अब्दुल हवारी (टेक्सास), कोषाध्यक्षमा कृष्ण यादव (अस्टिन), प्रवक्तामा आशिष झा (कोलोराडो) र प्रमुख प्रविधि अधिकारीमा विवेक गुप्ता (टेक्सास) रहेका छन् ।
यसैगरी, कार्यकारी सदस्यहरू सन्तोष यादव (बोस्टन), अनुषा यादव (अस्टिन), डा. स...
– नातिबाबु भट्ट, हेम गिरी (कोलोराडो) । अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा संस्था ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (जीबीसीसी) को गत महिना सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको छ ।
सन् २०१० मा कोलोराडोमा स्थापना भएको सो संस्थाको सन् २०१५ देखि नेतृत्व परिवर्तन भएको थिएन । पद हस्तान्तरण कार्यक्रमको संस्थाका उपाध्यक्ष भीम राईको स्वागत मन्तव्यसँगै शुरु भएको थियो भने कार्यक्रम संस्थाका सचिव मणी राईले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्थित संस्थाका शुभचिन्तक तथा सल्लाहकार केदार खतिवडा, किराँत कल्चरल सोसाइटी अफ कोलोराडोका अध्यक्ष सह सुब्बा, कोलोराडोको नेपाली भाषी भुटानी समुदायका अगुवा भुवानी न्यौपाने र श्याम खनाल लगायतले संस्थाको नवगठित कार्य समितिलाई शुभकामना साथै निवर्तमान कार्य समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो संस्थाले विशे...
-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायले शनिबार २१५२औं ग्याल्पो ल्होसार भब्यताका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएका छन् ।
कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा एसोसीएसन अफ कोलोराडोको आयोजनामा उनीहरूले २१५२औं ग्याल्पो ल्होसार मनाएका हुन् । यहांस्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा समुदायका सदस्यहरू उपस्थित भई भव्यताको साथ सिब्रु तथा अन्य सांस्कृतिक नृत्य प्रश्तुती गर्दै मनोरञ्जनका साथ ग्याल्पो ल्होसार सम्पन्न गरेका हुन् ।
उक्त समारोहमा लामागुरू, संस्थालाई सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, सगरमाथा आरोही, कलाकार, व्यवसायी, पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरूलाई खादा लगाइ सम्मान गरिएको थियो ।
ल्होसार कार्...