नेपाल । विसं २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ ।
जस अनुसार नवरात्र आरम्भ तथा घटस्थापनको साइत असोज १७ गते बिहीबार बिहान ९ः१६ बजे रहेको छ ।
त्यसैगरी असोज २६ गते शनिबार विजया दशमी, देवी बिर्सन बिहान ८ः३३ बजे शुभ साइत छ भने टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्