नेपाल । नेकपा एमालेले वामपन्थी पार्टीहरुबीच कुनै मोर्चाबन्दी नहुने प्रस्ट पारेको छ ।
बुधबार सम्पन्न पोलिटव्यूरो बैठकले यस्तो निर्णग गरेको हो । एमालेले आगामी चुनाव एक्लै लड्ने प्रस्ट पारेको हो ।
बैठकमा वामपन्थीका नाममा कुनै मोर्चा बन्छन् कि भन्ने विभिन्न कोणबाट कुरा आए पनि त्यो सम्भव नरहेको अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए ।
ओलीले अब कांग्रेस पनि एक्लै चुनाव लड्ने ठाउँमा पुगेकाले एमालेका लागि एक्लाएक्लै प्रतिस्पर्धाको मौका आएको बताए ।
प्रतिक्रिया दिनुहोस्