नेपाल । सूर्य बोहोराको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक गरी मिति घोषणा गरिएको छ ।
अभिनेता मुकुन भुसाल र अभिनेतृ सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र हास्यप्रधान तथा पारिवारिक कथामा आधारित रहेको छ । धनलक्ष्मी सिने मेक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुनुहुन्छ ।
चलचित्रमा नारायण त्रिपाठी, विल्सनविक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई, उमेश राई (फुलन्देको आमा) तथा खड्कबहादुर पुनमगर (खबपु) लगायतका कलाकारको अभिनय छ । निर्माण पक्षका अनुसार चलचित्र असोज १६ गते अर्थात् अक्टोबर २ मा देशभर प्रदर्शनमा आउने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्