२६ माघ २०८२, सोमबार

कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन माधव नेपाल रुस प्रस्थान

कोलोराडोखबर संवाददाता , September 2nd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुसको भ्लादिभोस्तकका लागि प्रस्थान गर्नु भएको छ ।

मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

नेपाल भदौ २२ गते स्वदेश फर्किने कार्यक्रम छ । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म जारी रहनेछ । त्यससँगै उहाँले साउथ एसियन इकोनोमिक फोरमको समूह छलफलमा पनि भाग लिनु हुनेछ ।

रुसमा हुने कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन अध्यक्ष नेपाल आइतबार राति रुसतर्फ प्रस्थान गर्नुभएको हो । त्यहाँ चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुको बैठक छ ।

प्रतिक्रिया दिनुहोस्