२३ भाद्र २०८३, मंगलवार

साहित्यमा योगदान पुर्‍याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित

कोलोराडोखबर संवाददाता , September 8th, 2026

नेपाल । सुनसरीको धरानमा नेपाली साहित्य तथा समावेशी बहुभाषिक साहित्यमा योगदान पुर्‍याउने पाँच जना स्रष्टा तथा साहित्यप्रेमी व्यक्तित्व सम्मानित भएका छन् ।

जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा विमलस्मृति पुस्तकालयमा आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा शङ्कर सुनुवार, शकुन्तला त्रिखत्री, नेत्रप्रसाद काफ्ले, देव सुब्बा इजम र टङ्क राजवंशी सम्मानित हुनुभएको हो।

सम्मानित स्रष्टाहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको आयोजक जनसांस्कृतिक महासङ्घ, नेपाल कोशी प्रदेश समितिले जनाएको छ। कार्यक्रम प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक प्राडा खेमराज खनालको अध्यक्षतामा सम्पन्न भएको थियो।

स्रष्टा सम्मानसँगै २० जनाभन्दा बढी साहित्यकार तथा कविले आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार ममता मृदुल, कुन्ता शर्मा र अम्बिका शाक्य विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्