नेपाल । जनमत पार्टी अध्यक्ष डा. सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।
अग्रगामी मोर्चाद्वारा जनकपुरमा आयोजित मधेस प्रदेश स्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा. राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।
भाषणमा विदेशबाट नेपाली फर्काउने कुरा गरेको सरकारले विगत चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यमाथि विचार गर्नुपर्ने डा. राउतको भनाई थियो । स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिन खोजेको डा. राउतले बताए ।
कसैले सामाजिक सञ्जालमा सरकारको नराम्रो गतिविधिको विरोध गरे तुरुन्त पक्राउ गर्न लगाउने जस्ता कार्यले सरकार पूर्ण असफल भइसकेको प्रमाणित भएको डा. राउतले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्