३० भाद्र २०८१, आईतवार

ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को बार्षिक साधारण सभा सम्पन्न

कोलोराडोखबर संवाददाता , August 21st, 2024

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को केन्द्रीय बार्षिक साधारण सभा नेभाडाको लस भेगासमा सम्पन्न भएको छ । गत शनिबार अगष्ट १७ का दिन होटेल पालेश स्टेसनको सभा कक्षमा विभिन्न राज्यहरुबाट आएका सहभागीहरु बिच सम्पन्न भएको हो ।

बीडीएको इतिहासमा पहिलो पटक सदस्यहरु प्रत्येक्ष उपस्थित भै सम्पन्न बार्षिक साधारण सभा बिहान १० बजे देखि बेलुका ५ः३० बजे म्म संचालन भएको थियो । अध्यक्ष भुषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब डा. सिरोज पोखरेले संचालन गरेका थिए । अध्यक्ष भुषणलाल श्रेष्ठ र पूर्व अध्यक्ष डा. नन्दन रेग्मीद्धारा संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्धाटन गरेपछि अध्यक्ष्य श्रेष्ठले सम्पूर्ण उपस्थित सहभागीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा उपस्थित सहभागीहरुको माझ वर्तमान कार्य समितिका केन्दीय सदस्य तथा टेक्सास राज्यका चाप्टर अध्यक्ष्य अजय बगालेले बिडिए टेक्सास क्षेत्रको गतिविधिहरुको बारेमा बिस्तृत रुपमा चर्चा गरेका थिए । त्यस्तै कार्यक्रमका अतिथिका गैर आबासिय नेपाली असोसिएसनका केन्द्रीय सदस्य बलबहादुर राईले कार्यक्रमको सफलताको कामना गर्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

त्यस्तै अर्का अतिथि संस्थाका आजीवन सदस्य तथा कोलोराडो स्थित स्थानीय लोकप्रिय संस्था नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंले कार्यक्रममा सहभागीहुन पाएकोमा आयोजकलाई धन्यवाद दिंदै बीडीएले कोलोराडोमा पुर्याएको योगदानको प्रशंशा गरेका थिए ।

यसैगरी साधारण सभालाइ सफल बनाउन सहयोग पुर्याउनुहुने एनआरएनएका चाप्टर अध्यक्ष्य दुर्गा प्याकुरेल, ब्यबस्थापन समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष टीका पौडेल, बिशेष सहयोग गर्नुहुने केन्द्रका सदस्य झमक निरौला , उपाध्यक्ष शारदा श्रेष्ठ लगायत यस कार्यक्रमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैलाइ कार्यसमितीका बरिष्ठ उपाध्यक्ष्य शिव काफ्लेले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरण बन्द सत्रमा उपस्थित सभागीहरुलाई स्वागत गर्दै बीडीएका उपाध्यक्ष टीका पौडेलले कार्यक्रमको उदेश्य र आशाधित उपलब्धिको बारेमा प्रकाश परेका थिए । महासचिव डा. पोखरेलद्वारा प्रस्तुत एजेन्डालाई सर्बसम्बत पारित गरेर सुरुगरिएको उक्त बन्द सत्रमा चाप्टरका गतिविधिहरुका बारेमा टेक्सास र कोलोराडो राज्यका उपाध्यक्ष्यहरु क्रमश सन्तोष कार्की तथा शर्मिला शर्माले चर्चा गरेका थिए ।

त्यसैगरी कोषाध्यक्ष श्रीराम लुइँटेलद्वारा प्रस्तुत केन्द्र र चाप्टरहरु बीचको आर्थिक कारोबारको मोडेल बारेका केहि बुँदाहरुमा छलफल भै सर्बसम्बत बाट पास गरिएको थियो । कोषाध्यक्ष लुइँटेलले प्रस्तुत गरिएको आर्थिक प्रतिबेदन, महासचिव डा. पोखरेलद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन र अध्यक्ष्य श्रेष्ठद्वारा प्रस्तुत बीडीएको आगामी कार्यदिशा छलफल पछि पारित गरिएको थियो ।

सोही अबसरमा बीडीएको नेवाडा स्टेट चाप्टर पनि गठन गरियो । राजकुमार धिमालको अध्यक्ष्यतामा गठन उक्त चाप्टरका अन्य सदस्यहरुमा सोमनाथ राना ,चित्र न्यौपाने, बल राई र दुर्गा प्याकुरेल रहेका छन् । कार्यक्रममा नवनिर्वाचित चाप्टर सदस्यहरुलाई केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठले सफथ गराएका थिए ।

कार्यक्रममा पूर्वअध्यक्ष्य डा. रेग्मीले ब्लड डोनर्स अफ अमेरिकाको बिग , वर्तमान र भविष्यको बारेमा बिस्तृत रुपमा चर्चा गरेका थिए । संस्थाको आगामी महाधिबेशन बोस्टनमा २०२५ को जून र जुलाईमा सम्पन्न गर्ने निर्णय पारित गर्दै साधारण सभा सम्पन्न भएको उपाध्यक्ष टिका पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्