२८ माघ २०८२, बुधबार

भदौ ६ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने

कोलोराडोखबर संवाददाता , August 15th, 2024

नेपाल । आगामी भदौ ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरेका छन् ।

बुधबारको बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजे बस्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्