१० बैशाख २०८३, बिहीबार

जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउनु पर्छः गगन थापा

कोलोराडोखबर संवाददाता , August 11th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा भक्तपुर बालकोटमा शनिबार आयोजित कार्यक्रममा उनले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याए ।

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिनुभयो । उहाँले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गरिने तयारी बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्