२ फाल्गुन २०८२, शनिबार

नेकपा एसद्वारा ३४४ जनाको केन्द्रीय कमिटीको घोषणा

कोलोराडोखबर संवाददाता , August 3rd, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो । एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्यको घोषणा गरेको थियो । बाँकी केन्द्रीय सदस्यको घोषणा शुक्रबार गरेको छ । केही पदाधिकारीको चयन गर्न बाँकी छ।

यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल ररहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्