२८ माघ २०८२, बुधबार

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा जुट्यो सहमति

कोलोराडोखबर संवाददाता , August 2nd, 2024

नेपाल । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्र बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो ।

कार्यदलका सदस्यहरू गृहमन्त्री रमेश लेखक, एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भएको निरन्तरको छलफलपछि आज सहमति जुटेको छ ।

विधेयकका चार वटा विषयमा लामो छलफलपछि सहमति भएको हो । ।

मेलमिलाप पत्र र क्षमा दान गर्नका लागि पीडितको सहमति आवश्यक हुने र द्वन्द्वमा संलग्न भएका सुरक्षाकर्मीको जसको मृत्यु र घाइते भएका परिवारलाई पनि पीडित सरह परिपूरण दिने सहमति भएको छ ।

यस्तै तत्कालीन माओवादीबाट लडेका बहिर्गमन मानिसहरूलाई द्वन्द्व प्रभावितका रूपमा परिभाषित गरेर परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक संघीय संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन रहेको छ । त्यो विधेयकबारे नमिलेका कुरा मिलाउनका लागि गठित लेखक, बर्तौला र शर्मा सम्मिलित ३ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्