२६ माघ २०८२, सोमबार

शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै

कोलोराडोखबर संवाददाता , July 12th, 2024

नेपाल । असार २८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ । प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा छलफल हुनेछ ।

प्रधानमन्त्री दाहालले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि विश्वासको मत निर्णयार्थ पेस गर्ने कार्यतालिका छ ।

मत विभाजन प्रक्रिया सकिएपछि संसद् सचिवालयले मत परिणाम आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी दिने तयारी छ ।

नेपाली कांग्रेस र नेकपा एमालले नयाँ सत्ता समिकरण बनाउने सहमति गरे पछि प्रचण्ड नेतृत्वको सरकार विश्वासको मत लिनु पर्ने अवस्थामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्