२८ माघ २०८२, बुधबार

कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौताः कोइराला

कोलोराडोखबर संवाददाता , July 10th, 2024

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको बताएका छन् ।

देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको पनि उनले बताए ।

खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज आयोजना गरेको ‘छात्रवृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गरे । डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्