२६ माघ २०८२, सोमबार

नेकपा (एस) को दशौँँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरू

कोलोराडोखबर संवाददाता , June 30th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को दशौँँ राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरू हुँदेछ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञाभवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा देशभरबाट करिब १८ महाधिवेशन प्रतिनिधिहरू सहभागि हुँदैछन् ।

असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनमा पार्टीको राजनीतिक कार्यदिशा, विधान र समाजवादी कार्यक्रम पारित हुनेछन् । साथै महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कमिटीसमेत चयन गर्नेछ ।

पार्टी विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय, पदाधिकारी सङ्ख्या २१ जना हुने, पार्टी केन्द्रीय कमिटीले निर्णय गरी सम्मानित नेता र वरिष्ठ नेताको व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस्