नेपाल । शुक्रबार तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७३औं जन्मजयन्ती मनाइँदैछ ।
मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।
कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्