१७ बैशाख २०८३, बिहीबार

रुकुम मुसिकोटमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , June 10th, 2024

नेपाल । आइतबार बेलुकी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको छ ।

घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल छन् । रउनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ ।

उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ ।

यता, सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा सोमबारमोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ ।

प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमादनगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्