नेपाल । नेकपा (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा उमेरको हदबन्दी हटाएको छ ।
महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरुलाई नेतृत्वका लागि अवसर उपलब्ध गराउन उमेरको हदबन्दी हटाइएको दाबी गरिएको छ ।
अग्रज नेतालाई विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था एकीकृत समाजवादीले गरेको हो । यसअघि पार्टीले ७० वर्षभन्दा माथि उमेर समूहका नेता तथा कार्यकर्तालाई कार्यकारी पदमा जान नपाइने व्यवस्था गरेको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्